भक्तपुर- नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको सुरक्षाका लागि राखेको सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा लिएर धम्की दिएको छ ।
नेपाल ट्रष्टले आफ्नो नाममा रहेको जग्गाको संरक्षण गर्ने भन्दै मंसिर १ गतेदेखि लागू हुने गरि अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा गार्ड राखेपछि नगरपालिकाले सोमवार सुरक्षा गार्र्डलाई अपहरणको शैलीमा जबरजस्ती नगरपालिका लगेर कब्जामा राखेर धम्की दिएको नेपाल ट्रष्टले जानकारी दिएको छ ।
नेपाल ट्रष्टका संचालक समितिका सदस्य सचिव राजेश्वर ज्ञवालीले नेपाल ट्रष्टको जग्गा संरक्षणका लागि राखेको सुरक्षा गार्डलाई सोमवार भक्तपुर नगरपालिकाले खटाएका करिब १६ जनाको संख्यामा आएका व्यक्तिले जबरजस्ती नगरपालिका लगेर २ घण्टा नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरि नियन्त्रण मुक्त गरेको जानकारी दिए । उनले २४ घण्टा सुरक्षा गार्ड तैनाथ गर्नेगरि ट्रष्टले गोरखकाली सेक्युरिटीका तीन जना सुरक्षाकर्मीलाई परिचालन गरेकोमा सोमवार ड्युटीमा रहेका आशिष बमलाई नगरपालिकाले नियन्त्रणमा लिएर धम्क्याएको उहाँको भनाई थियो ।
सुरक्षाकर्मीलाई नगरपालिकाले कार्यालयमा लगेर नियन्त्रणमा लिएको जानकारी पाएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख सविन प्रधानलाई जानकारी गराएपछि सुरक्षागार्ड बमलाई प्रहरीले उद्धार गरि नियन्त्रण मुक्त बनाएको जानकारी दिए ।
सुरक्षाकर्मी परिचालन गरेको विषयमा नेपाल ट्रष्टसँग सोध्नु पर्ने नगरपालिकाले सुरक्षाकर्मीलाई नै उठाएर लैजानु गलत भएको बताउँदै पोखरेलले एउटा जिम्मेवार स्थानीय सरकारले कानूनी राज्यको उपहास गरेको भनाई थियो ।
सरकारको नीति अनुसार देशभर नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति संरक्षण गर्ने कार्य भएअनुसार भक्तपुरको उक्त जग्गामा पनि ट्रष्टले तीन तिर बोर्ड राखेर ताल्चा लगाई सुरक्षा गार्ड राखेपछि नगरपालिकाले यस्तो गरेको हो । नगरपालिकाबाट आएका व्यक्तिले हाम्रो मेयरलाई नसोधी किन बोर्ड राखेर बसेको, नगरपालिकाको ताल्चा काटेर किन ट्रष्टले ताल्चा लगाएको भन्दै सुरक्षा गार्डलाई अभद्र व्यबहार गरि जबरजस्ती नगरपालिका लगेको ट्रष्टको भनाई छ ।
प्रधानमन्त्री संरक्षक रहेको नेपाल ट्रष्टका संचालक समितिका अध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई घट्नाबारे जानकारी गराईसकेको बताउदै सदस्य सचिव ज्ञवालीले सुरक्षा गार्ड नहटाउने र स्थायी कार्यालय नै स्थापना गर्ने बताए ।
नेपाल ट्रष्ट संचालक समितिका सचिव गजेन्द्र ठाकुरले नेपाल ट्रष्टको नाममा लालपूर्जा रहेको जग्गामा भक्तपुर नगरपालिकाले कुनै स्वीकृत नलिई पर्खाल लगाउने र भाडामा लगाउदै जग्गा हडप्ने प्रयास गरेको बताउँदै नेपाल ट्रष्टको नाममा १६ जिल्लामा रहेको २७ हजार रोपनी जग्गा संरक्षणको काम भईरहेको बताए ।
यसअघि गत असोज १० गते उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा नेपाल ट्रष्ट संचालक समितिका अध्यक्ष ईश्वर पोखरेल, भक्तपुरका सांसद महेश बस्नेत सहतिको टोलीले उक्त जग्गाको अनुगमन गरि नगरपालिकाका प्रमुख प्रजापतिलाई सल्लाघारीको नेपाल ट्रष्टको नाममा रहेको जग्गा ट्रष्टले नै संरक्षण गर्ने जानकारी गराएको थियो ।
उक्त दिन नगरपालिकाका प्रमुख प्रजापतिलाई अनुगमन कै क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताउनु भएको थियो । उनले नेपाल ट्रष्ट कानून अन्तर्गत चलेको र आफ्नो नामको सम्पत्ति व्यबस्थित गर्न कानून बनेको चर्चा गर्दै उहाँले मन्त्रिपरिषद्को निर्णय बिना केही गर्न नसकिने बताएका थिए |
नेपाल ट्रष्टको नाममा रहेको जग्गा अब ट्रष्ट आफैले संरक्षण गर्ने स्पष्ट पार्दै उहाँले ट्रष्टले काठमाडौँ उपत्यकाको मात्रै नभई पोखरा, हेटौडा, भरतपुर, सुर्खेत, धनगढी लगायत देशभर रहेका सम्पत्तिको संरक्षण सुरु गरेको बताएका थिए ।
त्यस कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल ट्रष्टको नाममा रहेको जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेपनि यसको स्वामित्व लिने प्रयास भने भक्तपुर नगरपालिकाले गर्न नहुने तर यो जग्गाको स्वामित्व लिने प्रयास नगरपालिकाले गरे जनता विरोधमा उत्रनु पर्ने अबस्था हटाउने बताए ।
उनले स्थानीय सरकार भन्दैमा जे मन लाग्छ, त्यही कानून हो भन्नु गलत भएको चर्चा गर्दै २०७२ सालको महाभूकम्पमा यो चौर धेरैको आश्रयस्थल बनेकाले यसलाई खुल्ला क्षेत्रको प्रयोजनमा लान सकिने बताए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस