भक्तपुर- नेपालमा नै तिव्र विकासको उदाहरणको रुपमा प्रस्तुत भएको भक्तपुरमा अरनिको राजमार्गमा सधैं उज्यालो र सधैं हरियाली अभियान व्यापक मात्रामा अघि बढिरहेको छ । त्यस्तै सडक दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक आइलाईन र डिरेक्सन बोर्ड समेत राख्ने अघि बढेको छ ।
पहिलो चरणमा अरनिको राजमार्ग अन्तरगत मनोहरादेखी राधेराधेसम्म करिव ४२० वटा सोलार बत्ती राख्ने कार्यको शुभारम्भ भएको । मध्यपुर नगरापलिकाको सहयोग तथा ए एम पि एम कम्पनीद्वारा आजबाट उक्त स्थानमा सोलार बत्ती राख्न शुरु गरिएको हो । दोस्रो चरणमा सूर्यविनायक नगरपालिका अन्तरगतका क्षेत्रमा लगाईने बताईएको छ । उक्त सडकमा राखिएको एक वटा सोलार बक्तिको करिव एक लाख रुपैंया बरावर पर्ने बताइएको छ ।
उक्त कार्यको शुभारम्भ गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका सांसद महेश बस्नेत, नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, स्थानीयवासीको व्यापकमात्रामा उपस्थितीका साथ शुरु गरिएको छ । भक्तपुरमा शुरु भइरहेको सोलार, ग्रीनरी, हनुमन्ते नदी तथा अरनीको राजमार्ग सफाई अभियान प्रभावकारी रुपमा भइरहेको छ ।
अनौपचारिक सम्बोधन गर्दै सांसद बस्नेतले काठमाडौँ उज्यालो सहरको रुपमा रहेको तर भक्तपुर भने अध्यारो सडकको रुपमा रहेकोमा अबका दिनमा काठमाडौँका सडक झैं भक्तपुरका सडक पनि सधैं उज्यालो हुने उद्घोष गरे । उनले सौन्दर्य बनाउन वातावरण विभागको सहयोगमा वेल्जीयमको दुवो लगाई अरनिको राजमार्गलाई ग्रीनरी बनाउने कार्य भइरहेको समेत तिव्र गतिका साथ अघि बढिरहेको बताए ।
संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मनोहरा, चारदोवाटो र राधेराधेमा आकाशे पुल निर्माण हुने जानकारी गराउँदै उनले भक्तपुरमा जनताको चाहना र आवश्यकता अनुसार पुल, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका साना ठूला आयोजनाहरु व्यापक मात्रामा निर्माणको क्रममा रहेको जानकारी गराए ।
हनुमन्ते नदीको करिडोर निर्माण सँगै अरनीको राजमार्गमा दुर्घटना तथा सवारी जामको समस्या हल हुने समेत बताए । उनले भक्तपुरमा निर्माणको चरणमा रहेका राष्ट्रिय गौरवको आयोजनाका कारण भक्तपुरको मुहार नै फेरिने बताउँदै आर्थिक वृद्धिदरलाई उच्च बनाउने साथै रोजगारी तथा पर्यटकीय विकास समेत हुने उल्लेख गरे ।
सांसद बस्नेतले हनुमन्ते नदीको कोरिडोर लगायतका विकास निर्माणका कार्यहरुमा भक्तपुर नगरपालिकाले असहयोग गर्ने गरेको उल्लेख गर्दै भक्तपुर नगरपालिका विकासमा बाधक नभई साधक हुनुपर्नेमा जोड दिए ।
त्यस्तै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सोलार बत्ती र ग्रीनरी बनाउने कार्य हेर्दा सानो भए पनि दुरगामी महत्व राख्ने उल्लेख गरे । उनले सडकमा सालार बत्ती र ग्रीनरी बनाउने मात्र नभई त्यसलाई संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस