काठमाडाैं-ठगी आरोपको अनुसन्धान सिलसिलामा प्रहरी हिरासतमा रहेका उद्योगी डा. रूप ज्योति छुटेका छन् । उनीविरुद्ध ठगी आरोपमा जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिएपछि डा. ज्योति छुटेका हुन् ।
उनलाई दरबारमार्ग प्रहरी हिरासतमा राखिएको थियो । डा. ज्योतिविरुद्ध मल्लले ठगी आरोपमा प्रहरीमा जाहेरी दिएका थिए । डा. ज्योति २१ कात्तिकमा पक्राउ परेका थिए ।
डा. ज्योतिसहित उनको परिवारको सेयर रहेको भनिएको ल्याण्डमार्क डेभलपर्सले घर बनाएर दिन्छु भनेर पैसा लिएको तर पछि जग्गा नै अर्कैलाई बिक्री गरेर आफूलाई ठगेको मल्लको आरोप थियो । मल्लले १ करोड २६ लाख रुपैयाँ बैना रकम दिएका थिए ।
पछि डा. ज्योतिले मल्ललाई बैनबापतको रकम फिर्ता लिन अनुरोध गरेको तर यस्तो रकम नलिने अडान मल्लले लिएका थिए । मल्लले यस्तो अडान लिएपछि डा. ज्योतिले सो रकम अदालतमा कोर्ट फि तिरेर थैली झुण्ड्याएका थिए ।
डा. ज्योतिले १३ मंसिर २०७५ मा जिल्ला अदालत काठमाडौंमा मल्ललाई रकम तिरिपाऊँ भन्दै थैली झुण्ड्याएको ३ दिनपछि अर्थात् १६ मंसिर २०७५ मा प्रहरीमा ठगी अभियोगमा जाहेरी दिएका थिए ।
मल्लको यस्तो जाहेरीपछि २० मंसिर २०७५ मा जिल्ला अदालत काठमाडौंले डा. ज्योतिसहित उनको परिवारका ११ जना सदस्यलाई नै पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अदालतको यस्तो अनुमतिविरुद्ध डा. ज्योति सर्वाेच्च अदालतमा निषेधाज्ञाको आदेश माग्दै गएका थिए ।
तर, सर्वाेच्चले डा. ज्योतिको निषेधाज्ञा जारी गर्न नमानेपछि उनी २१ कात्तिक २०७६ मा पक्राउ परेका थिए । डा. ज्योतिसँगै उनकी छोरी सुरुचिलाई पनि प्रहरीले पक्राउ गरेको छ । डा. ज्योति दरबारमार्ग प्रहरीको हिरासतमा थिए ।
डा. ज्योति र मल्लबीच २८ कात्तिकमा सो लेनदेनसम्बन्धी विवाद मिलेको थियो । मल्ललाई डा. ज्योतिले ४ करोड रुपैयाँ दिने सहमति भएपछि विवाद मिलेको हो । यस्तो विवाद मिलेसँगै सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने प्रक्रिया अगाडि बढेको थियो ।
दुवै पक्ष मिलेका कारण विवाद मिलेको हो । विवाद मिलेसँगै ज्योति छुटेका हुन् । उनीविरुद्धको मुद्दा भने अझै सकिएको छैन । मुद्दा फिर्ता लिनका लागि महान्यायाधिवक्ताले स्वीकृति दिनुपर्नेछ । यो प्रक्रिया बाँकी रहेका कारण डा. ज्योतिलाई नियमित हाजिर जमानीमा छोडिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस