काठमाडौं-सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडीस्थित नेपाल भारत सीमा क्षेत्रको नेपालपट्टिको दसगजा क्षेत्रमा भारतीय पक्षले भन्सार चेकपोस्ट सञ्चालन गरिरहेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ |
४१ वर्षदेखि ठाडीसँगको सीमाबिन्दुबाट करिब सात सय मिटर दक्षिण लौकहाको एसबिआई बैंकनजिक रहेको भारतीय भन्सार चेकपोस्ट दसगजा क्षेत्रमा सञ्चालन भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।
स्थानीय श्रीलाल पासवानका अनुसार नेपालपट्टि दसगजा क्षेत्रमा पाँच भारतीय नागरिकले मासु तथा साइकल मर्मत पसल सञ्चालन गरिरहेका छन् ।
भारतीय पक्षले बोर्ड झुन्ड्याएरै दसगजामा भन्सार चेकपोस्ट र अर्धसैनिक बल एसएसबीको चेकपोस्ट सञ्चालन गर्दै आएको छ । नेपाल भारतको सीमाबिन्दुमा पर्ने जंगे खम्बादेखि १० गज उत्तर र १० गज दक्षिणतर्फको जमिन दसगजाको खाली रहनुपर्ने हो । तर, भारतीय पक्षले आफ्नोतर्फ सबै मिचेको छ भने नेपालतर्फको दसगजासमेत ओगटेको छ ।
‘भारतीय पक्षले खाली राख्नुपर्ने दसगजासमेत छोडेको छैन । ठाढीका स्थानीयले बनाएको कल्भर्टदेखि करिब ५० मिटर दक्षिणतर्फ भारतीय पक्षद्वारा निर्मित भारत नेपालमैत्री द्वारसम्म दसगजा क्षेत्र पर्छ,’ ठाढीका ६० वर्षीय रामआशीष पासवान भन्छन्, ‘करिब चार दशकअघिसम्म खाली रहेको दसगजा भारतीय पक्षले मिच्दै मिच्दै नेपालको बिन्दुसम्म आइपुगेको छ ।’
नेपालतर्फ दसागजा क्षेत्रमै गत फागुनको पहिलो साता भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि ठाडीका बासिन्दाले रोकेका थिए । एसएसबीको संरक्षणमा स्वागतद्वार बनाउन खोजिएपछि ठाढीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका तत्कालीन इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालले स्थानीय बासिन्दालाई भेला गराई दबाब दिएपछि निर्माण रोकिएको स्थानीय ५५ वर्षीय रामचन्द्र साहले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस