भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा राजनीतिक दलले पैसा बाँडे रकम कब्जा गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिनुभएको छ ।
आज अनेरास्ववियू तथा राष्ट्रिय युवा संघ नेपाल भक्तपुरद्वारा संयुक्त रुपमा भक्तपुर क्षेत्र नं. १ (क)का नेकपाको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकाललाई विजय गराउन आयोजित भेलालाई सम्बोधन गर्दै सांसद बस्नेतले विगतको निर्वाचनको समयमा केही राजनीतिक दलले पैसा जनतालाई किन्ने प्रयास गरेको उल्लेख गर्दै उनले भने, ‘आगामी निर्वाचनमा पैसाको भरले नेकपालाई हराउन सकिन्छ कि भन्ने कसैले सोचेको भए त्यो सपना मात्र हुनेछ । निर्वाचनमा कुनै राजनीतिक दलले पैसा बाँडेको थाहा पाए युवा विद्यार्थीले कब्जा गर्नु, त्यो पैसा सामाजको विकासमा प्रयोग गरौं ।’
यो निर्वाचनले भक्तपुर नेकपाको हो भनेर कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी (नेकमकिपा)ले आत्मासमर्पण गर्ने वातावरण सिर्जना हुने दावी गर्दै सांसद बस्नेतले भने , ‘जनतालाई भेडाबाख्रा जस्तो किनबेच गर्ने जमना सकियो । सूर्य उदाएपछि नेकपाको अभियान शुरु हुने र अस्ताएपछि बन्द हुनेछ । अब जनतालाई पैसामा किनवेच हुने सपना नदेखे हुन्छ ।’
निर्वाचनको समयमा पैसा बाढ्न कांग्रेसको अभियान सूर्य अस्ताएपछि शुरु हुने बताउँदै उनले निर्वाचनको सुरक्षाको जिम्मा युवा विद्यार्थीको काँधमा रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त कार्यलाई कडाईका साथ पार्टीले प्रतिवाद गर्ने बताउँदै भन्नुभयो, ‘सूर्य अस्ताएपछि हामी पनि केही गतिविधि गर्दैनौं, गर्नेको पनि रोक्छौं । युवा विद्यार्थी आजकै दिनदेखी चुनाव केन्द्रीत भई पैसाको भरमा भोट किन्ने प्रवृक्तिको अन्त्य गर्न लाग्नुस् ।’
देशभर नेकपाको चुनाव केन्द्रीत कार्यक्रमहरु तिव्र गतिका साथ अघि बढिरहेको जानकारी गराउँदै उनले भने , ‘नेकपाको सूर्य अंकित धुनसबाण अघि बढ्यो, चुनावमा विजयी नभएसम्म रोकिँदैन ।’
एजेण्डा सकिएपछि कांग्रेस तथा नेमकिपाले भिरबाट लडेको मानिसले जे भेट्यो त्यही समात्ने गरेको उल्लेख गर्दै उनले युवाहरु कसैको दास हैन, देश विकासको पहरेदार हुन । नीति, विचार र सिद्धान्तलाई हेरेर जनताले भोट लगाई जनप्रतिनिधि छनौट गर्नुपर्नेमा जोड दिँदै बस्नेतले जनतालाई दास ठान्ने जनप्रतिनिधि हैन, सेवक बन्ने जनप्रतिनिधि छान्नुपर्ने बताए ।
नेकपामा पार्टी एकताका केही काम बाँकी रहेको र पार्टी भित्र विवाद छ भनि कांग्रेसले अन्तिम पटक टाउको उठाउँदै प्रयास गरेको तर नेकपा भित्र विवाद नरहेको, एक ढिक्का भई अघि बढेको स्पष्ट पार्नुभयो । उहाँले नेकपामा विवाद छ भनि चुनाव जित्छु भन्ने दिवा सपना मात्र भएको समेत बताए ।
प्रत्येक बुथमा युवाहरु व्यापक मात्रामा परिचालन गरि अनियमिता तथा भ्रष्टाचारको निमूल पार्दै अघि बढ्नुपर्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले भक्तपुरमा नेमकिपाले रंगशाला, स्मार्ट सिटी, प्रदेशको राजधानी तथा राष्ट्रिय गौरवका विषयलगायतका कार्यहरुको विरोध गरेको तथ्य प्रस्तुत गरे ।
नेपालका विभिन्न भु–भागबाट बसाई सराई गरेर आएका मानिसहरु मादलमा भोट लगाउने नआउने उल्लेख गर्दै युवा संघका इन्चार्ज समेत रहेका सांसद बस्नेतले भक्तपुरमा व्यापक वस्ती विस्तारसँगै नेमकिपाको अस्थितत्व समाप्त हुने दावी गरे ।
धनि र गरिवबीचको खाडललाई अन्त्य गर्न नेकपाको नेतृत्व अझै लामो समयसम्म आवश्यक रहेको उल्लेख गर्दै सांसद बस्नेतले नेमकिपा र कांग्रेस संक्रिर्ण, क्षेत्रीय तथा भौगोलिक राजनीतिमा व्यस्त रहेको बताए ।
नेकपाको नेतृत्वले अबका दिनमा भक्तपुरमा विकासको शिर निहुराएर हैन, शिरलाई उच्च बनाएर हिड्ने बनाउँदै लगेको उल्लेख गर्दै उनले नेकपाले भक्तपुरमा इतिहासमा कहिले पनि नआएको सबैभन्दा बढि बजेट वर्तमान नेकपाको नेतृत्वमा आएको बताए ।
राजनीतिक आडमा भ्रष्टाचार, अनियमिता, हिंसा, कालोबजारीलगायतका कार्य गर्नेलाई सरकारले निर्मम भई कारवाही गरी देशमा सुशासन, शान्ति तथा भ्रष्टाचारमुक्त समाज निर्माणमा तिव्र गतिका साथ अघि बढिरहेको बताउँदै उनले विगतको चुनामा उक्त स्थानमा २८ सय को मतअन्तरले नेकपा विजयी भएको र आगामी निर्वाचनमा कम्तिमा त्यसको डबलले जित्ने गरी लाग्न सवै विद्यार्थी, युवा, नेकपाका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
कार्यक्रममा नेकपा भक्तपुरमा इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज तथा चाँगुनारायण नगरपाकिालका प्रमुख सोम मिश्र, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा, उम्मेदवार डिपी ढकाल, राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दिपशिखा, सहसंयोजक रमेश पौडेल, अनेरास्ववियूका संयोजक ऐन महरलगायले शुभकामना व्यक्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस