काठमाडौं – मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ। गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए।
जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ। उनले भने, ‘अहिले हाम्रो संगठन तराई मधेसमा मात्र राम्रो भएकाले उपनिर्वाचनमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी दिन लागेका छौं।’ जनमत पार्टीले प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनमा भाग लिने छैन। सिंहले पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेकाले चुनावमा सहभागी हुन लागेको बताए।
यसअघि भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव राउत नेतृत्वको तत्कालीन संगठनले ‘कोठली बाहर मतदान’ को अभियान नै चलाएको थियो। पृथक्तावादी अभियान त्यागेर आएका राउत पछिल्लो समयमा संगठन विस्तारमा लागेका छन्। उनले पछिल्लो समय प्रदेश २ को सरकार र राजपा–समाजवादी पार्टीको चर्को आलोचना गर्दै आएका छन्। भर्खरै काठमाडौंमा पार्टी कार्यालय खोलेका उनले आउँदो मंसीर ७ गते रंगभेदविरुद्ध दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आमसभा गर्न लागेको छ।
आमसभामा नेपालमा रहेका जातजातिको जातीय, सांस्कृतिक नाच र गीतसमेत प्रस्तुत गरिनेछ। राउत अन्य पार्टीका नेताहरूलाई पनि आमसभामा सहभागी हुन आमन्त्रण गर्ने तयारीमा छन्। पार्टी नेता सिंहका अनुसार आमसभामा विभिन्न जिल्लाबाट समर्थक ल्याउन लागिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस