काठमाडाैं-नेपालको कालापानी, लिपुलेक / लिम्पियाधुरामाथि भारतीय दाबीको विपक्षमा नेपालका सबै दल एक ठाउँमा उभिएका छन् । उनीहरुले कालापानी र लिपुलेक नेपालकै भएकाले यसबारे भारतसँग गम्भीर छलफल गर्नुपर्नेमा जोड दिएका छन् । गत आइतबार भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो जसमा नेपालको कालापानी र लिपुलेक पनि समावेश छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा नेपाली भूमि कालापानीमा राखिएका भारतीय सैनिक फिर्ता गर्नुपर्ने अडान दलहरुले प्रस्तुत गरेका छन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेकोबारेमा कुनै विवाद नरहेको जनाउँदै दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालतर्फ अतिक्रमण गरेर बसेका भारतीय सैनिक फिर्ताका लागि कूटनीतिक पहल थाल्न सुझाएका छन्।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी दलका नेताले नेपाली भूभाग जोगाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले कूटनीतिक च्यानलमार्फत यो विवाद हल गर्नुपर्ने बताए ।
समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग नेपालकै हो भन्न प्रशस्त तथ्य रहेको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा आफ्नो धारणा राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन्।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक सुरु हुनुभन्दा अगाडि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गरेका थिए ।
बैठक सुरु हुनुअघि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छुट्टै छलफल गरेका थिए।
बैठकमा पूर्वप्रधानमन्त्रीहरु,बहालवाला मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, प्रमुख राजनीतिक दलका प्रतिनिधिलगायत सहभागी थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस