काठमाडाैं-पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयको कामलाई लिएर चर्को आलोचना हुँदै आएको छ । प्रधानमन्त्रीका सल्लाहकारहरुमाथि मनोमानी गरेकाे, आसेपासे र आफू निकटलाई राजनीतिक नियुक्ति दिलाउने प्रयास गरेको, सरकारको छवीमा सकारात्मक प्रभाव पार्ने खालका गतिविधि नगरेको आरोप लाग्दै आएको छ ।
आफ्ना सल्लाहकारलाई राजीनामा गर्न निर्देशन दिएका प्रधानमन्त्री ओलीले केही दिनमै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको बालुवाटार स्राेतकाे दाबी छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् हेरफेरमा सहमति जुटिसकेको छ । २०७५ भदौदेखि नै मन्त्रिपरिषद् हेरफेरको चर्चा चले पनि साइत भने जुरेको थिएन । मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँ अनुहारलाई मौका दिन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले निकै जोडबल गर्दै आएका छन् । तर प्रधानमन्त्री ओलीले पन्छाउँदै आएका थिए । अहिले दुई अध्यक्षबीच लाग्दो मङ्सिरमै मन्त्रिपरिषद् हेरफेर गर्ने समझदारी जुटिसकेको र केहीको नामसमेत तय भएको स्रोतका दाबी छ ।
मन्त्रिपरिषद् पुनःगठन गरेर सरकारको कामलाई गति दिने भएपछि प्रधानमन्त्रीको सचिवालय पनि हेरफेर होस्, नयाँले अवसर पाउन् र त्यसको प्रभाव प्रधानमन्त्रीको कार्यसम्पादनमा देखियोस् भनेर सामूहिक राजीनामा दिने निचोडमा पुगेको ती सदस्यको दाबी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस