काठमाडौं- सोमबार नियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् |
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा राष्ट्रपति बिध्यादेवी भण्डारीले सातै जना प्रदेश प्रमुखहरुलाई सपथ गराइएकी हुन् |
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराएकी हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिको सहभागीता रहेको थियो ।
स्रोतका अनुसार सातै प्रदेश प्रमुखले आजै आआफ्नो प्रदेशमा गएर कार्यभार सम्हाल्ने तयारीमा छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेका थिए ।
नियुक्त भएका प्रदेश प्रमुखमा सोमनाथ अधिकारी प्यासी — प्रदेश १, तिलक परियार—प्रदेश २, विष्णु प्रसाईं—प्रदेश ३, अमिक शेरचन—गण्डकी प्रदेश, धर्मनाथ यादव—प्रदेश ५, गोविन्द कनौली —कर्णाली प्रदेश र शर्मिलादेवी पन्त सुदूर पश्चिम प्रदेश रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस