भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो कमाईको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् ।
मध्यपुर थिमी नगरापलिका वडा नंं. ८ खाँसी पोखरी परिसर उपभोक्ता समितीद्वारा आयोजित नेपाल सम्वत ११४०, दीपावली तथा छठ पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले आफ्नो जीवनमा कमाईको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा व्यक्तिगत तर्फबाट समेत आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा सांसद बस्नेतले आफ्नो कमाइको तर्फबाट खाँसी पोखरी पुनःनिर्माणको लागि रु एक लाख सहयोग गरे । सामाजिक सेवा नै मानिसको सवैभन्दा ठूलो धर्म भएको बताउँदै उनले समाजमा हुने र आवश्यक पर्ने सहयोग गर्नु मानिसको परम धर्म भएको उल्लेख गरे ।
क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र ई –लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने घोषणा गर्दै सांसद बस्नेतले आगामी दिनमा भक्तपुर विकास र समृद्धिबाट टाढा हुनै नसक्ने दावी गरे ।
नीलवाराहीलाई ईको पार्क वा जातीय संग्राहलय मध्ये कुनै एकको रुपमा विकास गर्ने योजना अनुरुप रु एक करोड ५० लाख रकम विनियाजन भएको जानकारी गराउँदै सांसद बस्नेतले सम्पदा वस्ती संरक्षण कार्यक्रम शुरु भएको जसको लागि १५ करोड रकम व्यवस्था भएको स्पष्ट पारे ।
जनताले चासो दिएमा विकास निर्माणको लागि स्रोत तथा साधनको अभाव नहुने बताउँदै पूर्वउद्यागमन्त्री समेत रहेका सांसद बस्नेतले घलाते, गठ्ठाघर र बोडेको गरी ठूला तीन वटा पुलहरु टेण्डरको प्रकृयामा रहेको जानकारी गराए ।
पेप्सीकोला–सल्लाघारीको बैकल्पीक सडकको रुपमा पेप्सीकोला–बोडे–स्वरस्वतीखेल–छालिङ हुँदै नगरकोटसम्म जाने सडक निर्माणको क्रममा रहेको जानकारी गराउँदै उनले विगत लामो समयदेखि भिमसेन चोकबाट बोडे आउने सडक अलपत्रमा परेको र स्थानीय जनता तथा जनप्रतिनिधिको दवापका कारण धेरै ठाउँमा सम्पन्न हुने क्रममा रहेको, लोगो गार्मेन हुँदै कृषि तालिम केन्द्र– बोडेसम्म आउने सडक आगामी दुई तीन महिनाभित्रमा निर्माण सम्पन्न हुने, निकोसेरा–नागवेलीहुँदै खस्र्याखुर्सुङ खोलासम्म, बोडेदेखी टिकिनी जाने सडकलगायतका सडकहरु तिव्र गतिका साथ निर्माणको चरणमा रहेको उल्लेख गरे ।
भक्तपुर जिल्ला कला र संस्कृतिको अनुपम जिल्लाको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिन सफल भएको बताउँदै पर्यटन क्षेत्रमा पुर्खाहरुले लगाईदिएको व्याज (आर्थिक रुपमा) अहिलेको पुस्ताले सदुपयोग गरिरहेको उल्लेख गरे । राम्रो काम गर्दा पाउने गाली आशिसमा परिवर्तन हुन्छ, जसले गाली गर्छ त्यो उसैसँग फर्कने उल्लेख गर्दै उनले भने , ‘कसले के भन्यो भनेर डराउने हैन, मैले के गरे भनेर डराउने हो ।’
भक्तपुरलाई आधुनिक र परिस्कृत बनाउन एक लाख रोपनीमा निर्माण गरिने स्मार्ट सिटीको डिपिआर सम्पन्न भईसकेको जानकारी गराए । उनले मनोहरा कोरिडोर निर्माणको लागि करिव एक करोड रकम विनियोजित हुने अन्तिम तयारीमा रहेको समेत जानकारी गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस