काठमाडाैं– बैंकहरुमा तरलता अभावको समस्या कायमै भएपनि ब्याजदर भने ०.५ प्रतिशतले घटेको हो । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौमा बैंकहरुको आधार ब्याजदर (बेस रेट) गत आर्थिक वर्षको भदौको भन्दा ०.५ प्रतिशतले घटेर ९.५३ प्रतिशतमा झरेको छ । गत अर्थिक वर्षको भदौ महिनामा बैंकहरुको बेस रेट १०.०३ प्रतिशत थियो ।
बेस रेट घटेसँगै बैंकहरुको औषत ऋणको ब्याजदर गत वर्षको भदौमा १२.३१ प्रतिशत रहेकोमा यो भदौमा घटेर ११.९७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षकै साउन महिनामा ऋणको औषत ब्याजदर १२.०८ प्रतिशत थियो । साउन महिनाको तुलनामा भदौ महिनामा ०.११ प्रतिशतले घटेको हो ।
ट्रेजरी बिलको ब्याजदर पनि घटेको छ । २०७५ भदौमा ९१-दिने ट्रेजरी विल्सको भारित औषत ब्याजदर २.७४ प्रतिशत रहेकोमा २०७६ भदौमा २.७३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औषत ब्याजदर २०७५ भदौको १.६८ प्रतिशतको तुलनामा २०७६ भदौमा १.६९ प्रतिशत कायम भएको छ ।
बैंकहरुले निक्षेपमा तिर्ने ब्याज दर भने बढेको छ। गत वर्षको भदौसम्म निक्षेपको औषत ब्याज ६.३ प्रतिशत थियो भने यो भदौमा बढेर बढेर ६.८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपको ब्याजदर बढ्दा आम निक्षेपकर्तालाई फाइदा भएको छ भने कर्जाको ब्याजदर बढ्दा बैंकबाट कर्जा लिनेहरुलाई पनि फाइदा भएको छ ।
तर, अझै पनि बैंकहरु तरलता अभावको मारमा रहेकाले सहजै कर्जा पाउन भने मुस्किल छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस