काठमाडौं-पूर्वगृहराज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम २ बाटबाट निर्वाचित सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको समाचार आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ |
समाचार अनुसार कंडेल भारतको उत्तरप्रदेशको गोरखपुर निवासी भएको र उनि त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि रहेको जनाइएको छ |
उनले भारतीय नागरिककै रुपमा कलेज अध्यक्षको सपथ पनि खाएको थिए |
यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ।
उत्तरप्रदेश, महाराजगञ्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षको लागि कँडेल चुनाव लडेका थिए।
सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचति भएका थिए।
निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाहा रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन्।
कँडेल भारती नागरिक भएको विषयमा अख्तियारमा उजुरी परेको छ।
अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ।
तर, कँडेलले भने आफू भारतको अस्थायी बासिन्दा मात्रै भएको दाबी गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस