काठमाडौँ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले दबाब नदिएको बताए ।
हालै चीनका राष्ट्रपति सि चिनफिङले गरेको नेपालको राजकीय भ्रमणका बेला चीनसँग प्रत्यर्पण सन्धि बाह्य दबाबका कारण हुन नसकेको भन्ने जिज्ञासा र छापाहरूमा सार्वजनिक भएका टीकाटिप्पणीबारे प्रष्ट पार्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल दबाब र प्रभावमुक्त रहेको बताए |
‘अन्तरदेशीय आपराधिक गतिविधि बढेका सन्दर्भमा पारस्परिक कानूनी सहायता सन्धि हुनु सामान्य हो उपयुक्त समयमा हामी चीनसँग प्रत्यर्पण सन्धि गर्छौं,’ मन्त्री ज्ञवालीले भने ।
नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन नेपालमा आयोजना गरिने प्रवद्र्धनात्मक कार्यक्रममा सहभागी हुन म्यान्माका स्टेट काउन्सेलर आङ सान सुची काठमाडौँ आउने जानकारी दिँदै उनले म्यान्माका नागरिकले लुम्बिनी वा काठमाडौँ र म्यान्माबीच सिधा हवाई सम्पर्क कायम हुनुपर्नेमा जोड दिएका बताए ।
म्यान्माका नागरिकले लुम्बिनी भ्रमणलाई उच्च प्राथमिकतामा राखेका र निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सञ्चालन हुन लागेकाले उताबाट बढी धार्मिक पर्यटकले नेपाल भ्रमण गर्नेमा आफू आशावादी रहेको मन्त्री ज्ञवालीले बताए । नेपाल शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको पक्षराष्ट्र नभए पनि तिब्बती र भुटानी शरणार्थीलाई मानवीय आधारमा सहयोग भइरहेको यथार्थ सुनाउँदै उनले शरणार्थी समस्याप्रति नेपालको गहिरो चासो रहेको र उनीहरू आफ्ना देश स–सम्मान फर्कन पाउनुपर्छ भन्ने अडानमा नेपाल दृढ रहेको दोहोर्याए ।
भारत–पाकिस्तान द्वन्द्वले क्षेत्रीय स्थायित्व र शान्तिमा असर गर्ने भएकाले दुवै देशले अधिकतम संयमता अपनाउँदै आपसी तनाव घटाउन र स्थितिलाई सामान्य बनाउनेतर्फ लाग्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए ।
महिला हिंसाका घटनाप्रति नेपाल सरकार संवेदनशील रहेको र दोषीलाई कारवाही गर्न दृढ रहेको दृष्टान्त प्रस्तुत गर्दै परराष्ट्रमन्त्रीले संसारभरका महिला कार्यस्थल र घरमा सुरक्षित नरहेका वास्तविकतालाई बिर्सेर असान्दर्भिक विषय उठाएर नेपाललाई महिला हिंसामा मुछिएकामा आश्चर्य प्रकट गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस