काठमाडाैं-आगामी जनगणनाका लागि राज्यले पाँच अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ। यसअघि २०६८ सालमा जनगणना गर्दा एक अर्ब ५० करोड खर्च भएको छ।
यसको तुलनामा २०७८ लागत दुई सय ३३ प्रतिशतले बढी हो। एक दशकको मूल्य वृद्धि र गणनाविधिमा गरिएको परिवर्तनका कारण लागत बढ्न गएको केन्द्रीय तथ्यांक विभागले दाबी गरेको छ।
२०५८ सालदेखि जनगणनामा पूर्ण र नमुना गरी दुई विधि प्रयोगमा ल्याइएको थियो। नमुना जनगणनाअन्तर्गत बसाइँसराइ, आर्थिक क्रियाकलाप, प्रजनन, विवाह गर्दाको उमेरलगायतका विषयमा सूचना संकलन गरिएको थियो।
यो प्रयोजनका लागि प्रत्येक ८ घरधुरीबाट एउटाको छनोट गरी तथ्यांक संकलन गरिन्थ्यो। यसका लागि लगत २ नामक फाराम तयार पारिएको थियो। लगत १ को फाराममा भने जातजाति, धर्म, लिंग, भाषा, अपांगतालगायतका आधारभूत तथ्यांक संकलन गरिन्थ्यो।
अब भने सबै घरधुरीका लागि एउटै मूल प्रश्नावली उपयोग गरिने र हरेक घरधुरीसँग सम्बन्धित तथ्यांक संकलन गरिने विभागको जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले बताए।
पूर्ण गणनामा ठूलो धनराशि खर्च हुने भएकाले यसअघिका दुईवटा जनगणनामा विश्वव्यापी मान्यताअनुसार कुल सर्वेक्षणको १२ प्रतिशत घरधुरीलाई नमुना विधिमा समावेश गरेर तथ्यांक संकलन गरिएको उनले बताए। सबै घरधुरीलाई समावेश गरेर सर्वेक्षण गर्दा बढी वैज्ञानिक र आधिकारिक हुने उनको दाबी छ।
२०७८ को जनगणना जेठ २५ मा सुरु भई १५ दिनमा सम्पन्न गरिनेछ। यो जनगणनाका लागि ४३ हजार गणकसहित ५४ हजार ४ सय १३ कर्मचारी परिचालन गरिनेछन्।
२०६८ को गणनामा ३२ हजार कर्मचारी परिचालन गरिएको थियो। १८ महिनापछि हुने संघीय नेपालको यो पहिलो जनगणना विधिका हिसाबले मात्र होइन, खर्चका हिसाबले पनि यसअघिको भन्दा निकै महँगो हुने भएको छ।
गणकको संख्यामा वृद्धि, गणना विधिमा भएको परिवर्तन र सरकारी कर्मचारीको तलब सुविधामा भएको वृद्धिका कारण खर्च बढेको दाबी विभागका अधिकारीहरुको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस