काठमाडाैं-सिन्धुपाल्चोकमा एघारजनाको ज्यान जाने गरी भएको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।
हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस शुक्रबार चौतारा–सिपाघाट कच्ची सडक खण्डको इन्द्रावती गाउँपालिका–१०, भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा चालक र एकै गाउँका सातसहित ११ यात्रुको मृत्यु भएको थियो।
क्षमताभन्दा तेब्बरा बढी झन्डै एक सय २० यात्रु बोकेको सो बसका एक सय ६ जना घाइते भएका थिए। दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँचवटा अस्पताल पु-याएको थियो।
‘घाइतेहरु उपचारपछि स्वास्थ्य लाभ गरी धमाधम घर फर्किइरहेका छन्,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधव काफ्लेले शनिबार नागरिकसँग भने। विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये ६ घाइतेको अवस्था चिन्ताजनक रहेको उनले बताए। प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन्। त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस