काठमाडौं-चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा तयारी पूरा भएको छ।
नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रुपमा सुरक्षा व्यवस्थापन गर्नेछन्।
स्रोतले दिएको जानकारी अनुसार सीको भ्रमण अबधिभर रहनेगरी चीनबाट जनमुक्ति सेनाको कमाण्डो टोली काठमाडौँ आइसकेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ |
तर, कति संख्यामा जनमुक्ति सेना आएका छन् भन्ने सुरक्षा अधिकारीले खुलाएका छैनन्।
गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति, सेनाका बलाधिकृत रथी शरदकुमार गिरी अध्यक्ष रहेको विशेष समिति, उपरथी तथा सेनाको उपत्यका पृतनापति निरञ्जनकुमार श्रेष्ठ नेतृत्वको सुरक्षा समन्वय सेल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा जिल्ला सुरक्षा समिति तथा आवश्यकताअनुसार गठन गरिएका अन्य संयन्त्रमार्फत् सुरक्षा व्यवस्था मिलाइएको जानकारी गृहमन्त्रालय स्रोतले दियो।
‘नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सनोले संयुक्त रुपमा सुरक्षा व्यवस्थापन गर्नेछन्,’ स्रोतले भन्यो, ‘क्लोज प्रोटेक्सनबाहेक चिनियाँ जनमुक्ति सेना सादा पोसाकमै खटिने गरी सुरक्षा रणनीति तय गरिएको छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस