काठमाडाैं-पानीले भिजेका, झुत्रा भएका नोट बैंक तथा वित्तीय संस्थाहरुले साटेका पनि हुन्छन् ।बैंक तथा वित्तीय संस्थाहरु ती नाेट संकलन गरि नेपाल राष्ट्र बैंक पुग्छन् । राष्ट्र बैंकले ती नोट साट्छ । काम लाग्ने खालका नोटलाई सुधारेर बजारमा पठाइन्छ भने बाँकी कामै नलाग्नेलाइ नोट भने जलाइन्छ । र, त्यसकाे प्रतिस्थापनमा साटो नयाँ नोट छापिन्छ ।
राष्ट्रको आवश्यकता अनुसार राष्ट्र बैंकले नोट छपाइ गर्छ । नोट छपाइका लागि वार्षिक ४ अर्ब रुपैयाँ विदेशिन्छ । नयाँ नोट राष्ट्र बैंकले चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसीयालगायतका मुलुकहरुमा छाप्छ ।
राष्ट्र बैंकले आवश्यकता अनुसार छपाइएका नयाँ बजारमा निश्काषन गर्नुका साथै झुक्रिएका पुरानो नोटहरुसँग सटही पनि गर्छ । यो वर्ष पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट निष्काशन गरेको नेपाल राष्ट्र बैंकका प्रपक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।
मुलुकभर ७८ वटा नोट कोषहरु सञ्चालनमा छन् । नोटकोषहरु राष्ट्रिय वाणिज्य र नेपाल बैंकका कतिपय शाखामार्फत् सञ्चालनमा छन् । ती नोट कोषबाट पुराना झुत्रा नोट राष्ट्र बैंकको प्रधान कार्यालय आउँछन ।
राष्ट्र बैंक पुगेपछि पुनः चलनचल्तीमा आउँदैनन् । त्यस्ता काम नलाग्ने नोट राष्ट्र बैंकले जलाउने गर्छ । ५ वर्षमा राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार रुपैयाँ बराबरका विभिन्न दरका नोट जलाएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस