काठमाडाैं-चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अवधिभर सरकारले मुख्य सडकमा नागरिकको प्रवेशमा रोक लगाएको छ । महानगरीय ट्राफिक महाशाखाले आज एक विज्ञप्ती जारी गर्दै सीको भ्रमण अवधिभर मुख्य सडकमा सवारी चलाउन नपाइने बताएको छ ।
सी २५ गते दिउँसो नेपाल आईपुग्नेछन् । सी को नेपाल भ्रमण अवधिभर मालबाहक सवारी साधनलाई चक्रपथभित्र प्रवेशमा रोक लगाईएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको सवारी हुने सडकमा कुनै पनि प्रकारका सवारी साधन चल्न पाउनेछैनन ।
अत्यावश्यक परेमा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । पुराना र बिग्रएका सवारी साधन नचलाउन पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तो छ सीको भ्रमण तालिका
सी शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
सी आउँदा विमानस्थल साढे २ घण्टा बन्द हुनेछ । शनिबार दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गरिएकाछन् ।
विमानस्थलमा अवतरण गरेपछि चिनियाँ राष्ट्रपतिले नेपाली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्नेछन् । सी र भण्डारी शनिबार साँझ साँझ ६ः३० भेट्नेछन् ।
यसपछि साँझ ७ः१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नेछन् ।
यसपछि सी को सम्मान र स्वागतमा राष्ट्रपति भण्डारीले साँझ ७ः३० मा सोल्टी होटलमा रात्रिभोज दिने कार्यक्रम रहेको छ ।
दोस्रो दिन
सीले आइतबार बिहान १०ः३० बजे सीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।
११ः३० मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । यो भेटवार्तामा द्वीपक्षीय सम्झौता हुने बताईएको छ ।
आइतबारै दिउँसो १ बजे सी चीन फर्कनेछन् । उनी चीन फर्कने समयमा पनि विमानस्थल बन्द रहनेछ । आईतबार बिहान ११:२० देखि १:५० सम्म विमानस्थल बन्द हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस