काठमाडौं-सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम १५ महिनाभित्र सक्ने गरी चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको आजको कान्तिपुर दैनिकले छापेको छ |
खानेपानी तथा सरसफाइ मन्त्रालय र कम्पनीबीच आइतबार यससम्बन्धी सम्झौता भएसँगै करिब ९ महिनादेखि ठप्प रहेको राष्ट्रिय गौरवको आयोजनाले गति लिन लागेको छ।
आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीका अनुसार तोकिएको समयभित्रै काम सकिने गरी सम्झौता भएको छ। ‘कानुनी रूपमा सिनोलाई काम अघि बढाउन अनुमति दिइएको हो,’ उनले भने, ‘अब सम्झौता भएको मितिदेखि १५ महिनाभित्र सिनोले काम सम्पन्न गर्नुपर्नेछ।’
सुरुङ १२ महिना र हेडवर्क्स १५ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने खत्रीले बताए। उनका अनुसार पहिलो चरणमा सुरुङ निर्माणको सम्झौता भएकोमा हेर्डवर्क्सको सम्झौता पनि केही दिनमै भइहाल्छ। ‘अब काम सुरु भयो भन्दा हुन्छ,’ खत्रीले भने।
तत्कालीन ठेकेदार कम्पनी सीएससीले गत पुसमा ठेक्का सम्झौता तोडेपछि आयोजनाको काम ठप्प भएको थियो। त्यसपछि सरकारले फास्ट ट्र्याकबाट काम गर्ने निर्णय लिएको हो।
आठवटा ठेक्का सिधै स्थानीय ‘भेन्डर’लाई दिई सुरुङ र हेडवर्क्स निर्माणका लागि ठेक्का आह्वान गरिएकोमा हिमाल हाइड्रो र सिनो हाइड्रोबीच प्रतिस्पर्धा भएको थियो। सिनोले ८५ करोड १ लाख लागतमा सुरुङ र १ अर्ब २ करोड ८२ लाख रुपैयाँमा हेडवर्क्स बनाउने भएको हो।
२६ किमि सुरुङ खनिसकिए पनि त्यसमा आरसीसी ढलानको काम सकिएको छैन । ‘२६ मध्ये जम्मा ५ किलोमिटर सुरुङमा आरसीसी ढलान भएको छ, पूरै सुरुङमा नटबोल्ट हाल्ने र भेन्ट सफ्ट कार्य पनि बाँकी छ,’ खत्रीले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस