भक्तपुर-उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बहानामा भोगचलन गर्न नपाउने बताएका छन ।
नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमीनको आज अनुगमन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्षसमेत रहेका पोखरेलले भने , ‘यो नेपाल ट्रष्टको नाममा लालपुर्जा भएको सम्पत्ति हो, नेपाल ट्रष्टको नाममा रहेको जग्गामा कहीँकतै, कुनै व्यक्ति, एकाइ वा कुनै निकायले केही गर्न सक्दैन ।’
नेपाल ट्रष्ट कानूनअन्तर्गत चलेको र आफ्नो नामको सम्पत्ति व्यवस्थित गर्न कानून बनेको चर्चा गर्दै उहाँले मन्त्रिपरिषद्को निर्णयबिना केही गर्न नसकिने बताए ।
नेपाल ट्रष्टको नाममा रहेको जग्गा अब ट्रष्ट आफैँले संरक्षण गर्ने भन्दै उनले ट्रष्टले काठमाडौँ उपत्यकाको मात्रै नभई पोखरा, हेटौँडा, भरतपुर, सुर्खेत, धनगढीलगायत देशभर रहेका सम्पत्तिको संरक्षण शुरु गरेको बताए | यहाँको जग्गाको हकमा भने स्थानीय जनता, सम्बन्धित नगरपालिका, प्रदेश सरकार र जनप्रतिनिधिको छलफलबाट विधिसङ्गत साझा धारणा बनाएर निर्णय गर्ने भनाइ उनको भनाइ थियो ।
कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल ट्रष्टको नाममा रहेको जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरे पनि यसको स्वामित्व लिने प्रयास भने भक्तपुर नगरपालिकाले गर्न नहुने बताए । उनले भने , ‘पर्खाल लगाएर संरक्षण गर्नु राम्रो हो तर यो जग्गाको स्वामित्व लिने प्रयास नगरपालिकाले नगरोस्, विरोधमा उत्रनु पर्ने अवस्था नआओस् ।’
विसं २०७२ को भूकम्पमा यो चौर धेरैको आश्रयस्थल बनेको चर्चा गर्दै उनले यसलाई खुल्ला क्षेत्रको प्रयोजनमा लान सकिने बताउनुभयो । उनले स्थानीय सरकार भन्दैमा जे मन लाग्छ, त्यही कानून हो भन्नु गलत भएको चर्चा गर्दै बस्नेतले समन्वयात्मक अवधारणामा जानुपर्ने भनाइ थियो ।
कार्यक्रममा ३ नं प्रदेशका प्रदेशसभा सदस्य शशीजङ्ग थापाले नेपाल ट्रष्टको जग्गामा भक्तपुर नगरपालिकाले हस्तक्षेप गर्न नहुनेमा जोड दिँदै नेपाल ट्रष्टको जग्गालाई नगरपालिकाले भाडामा लगाउनु उचित नहुने बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका कुनै गैरसरकारी संस्था नभएको टिप्पणी गर्दै स्थानीय सरकार भएकाले नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेको बताए ।
‘नगरपालिकाले संयुक्त नापी गर्दा अहिले जग्गा घटेर १०६ रोपनी दुई आना बाँकी छ, यहाँको बहुमूल्य जग्गा अतिक्रमण भइसक्यो, नेपाल ट्रष्टलाई मतलब छैन, न त सरकारलाई नै छ;, नपा प्रमुख प्रजापतिले भने, ‘जग्गा अतिक्रमण भएको टुलुटुलु हेरेर बस्न सकेनौँ, संरक्षण गरेका हौँ, स्वामित्व लिएका छैनौँ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस