काठमाडौं-सरकारले असोज १२ अर्थात घटस्थापनाको दिनदेखि सार्वजनिक यातायातको रुट निलम्बन गर्ने भएको छ। असोज १२ गतेदेखि सार्वजनिक यातायात संचालन गर्न रुट परमिट नचाहिने सूचना यातायात व्यवस्था विभागले जारी गरेको छ।
दसैंको लागि एकठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन विभागले असोज १२ गतेदेखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको छ। यात्रुको चाप धेरै हुने समयमा आवागमन सहज होस भने बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए।
‘दसैंमा धेरै यात्रु सहरी क्षेत्रबाट गाउँ जाने हुनाले सहरमा गुड्ने बसहरु समेत जान सकुन भनेर रुट खुल्ला गरिएको हो’ हमालले भने, ‘यस्तो निर्णयले आवागमनलाई सहज बनाउँछ।’ त्यस्तै ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने भएकोले यही अवधिसम्मको लागि काठमाडौं भित्रने मल्टी एक्सल ट्र्याक्टर टेलर (ठूला मालवाहक) लाई चितवनको नारायणगदेखि आवागमनमा रोक लगाइने विभागको सूचनामा छ।
रुट परमिटको दुरुपयोग नहोस् भन्ने उदेश्यले ७ दिन मात्र रुट परमिट खोलिएको र आवश्यक परेमा यसको अवधि बढाउन सकिने विभागले जनाएको छ। यस विषयमा व्यवसायीहरु समेत सचेत हुनुपर्ने विभागको भनाइ छ। विगतका वर्षहरुमा पनि सरकारले दसैंको समयमा सवारीको रुट पर्मिट खुल्ला गर्ने गरेको थियो। यात्रुको चाप कम हुने रुटका सवारी धेरै यात्रु भएको रुटमा जान सकुन भनेर यस्तो निर्णय हुने गरेको हमालले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस