काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको कारोबार दैनिकले समाचार छापेको छ |
मन्त्रालय अन्तर्गतको संस्कृति प्रबर्द्धन कार्यक्रम शीर्षकमा यो रकम वितरण गरिएको समाचारमा लेखिएको छ |
तत्कालिन मन्त्री रवीन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएसँगै ओलीले पर्यटन मन्त्रालय सम्हालेका थिए।
मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन्।
योगेश भट्टराई मन्त्री भएसँगै प्रधानमन्त्रीले यो मन्त्रालय छाडेका थिए।
मन्त्रालयले गत आवमा ५२ संस्था र प्रतिष्ठानलाई पुँजीगत अनुदान उपलब्ध गराउने शीर्षकमा २६ करोड ३५ लाख रुपैयाँ विगतरण गरेको हो।
विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको हो।
सबैभन्दा बढी अनुदान पाउनेमा मदन भण्डारी स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति फाउन्डेसन छन्।
मोरङमा रहेको प्रतिष्ठानले पाँच र काठमाडौँमा रहेको फाउन्डेसनले चार करोड २५ लाख पाएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस