सुनसरी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनाका विषयमा छलफल भएको बताएका छन् ।
सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारमा थारू कल्याणकारी सङ्घ सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ।आदिवासी थारूहरु आन्दोलनका सहयात्री हुन् । हामी गतिशीलता र प्रगतिशीलमा विश्वास गर्ने मान्छे, निरन्तर समृद्धिको यात्रामा लैजाने सङ्कल्प गरेका छौँ ।’
अध्यक्ष प्रचण्डले राष्ट्र समृद्धि र समाजवादको आधार तयार गर्न बाँकी रहेको उल्लेख गर्दै भने ‘थारूहरुको मात्र आन्दोलन होइन, सबैको आन्दोलन हो, यसको समाधानको बाटोमा लाग्नुपर्छ ।’
अध्यक्ष दाहालले देशमा सञ्चालन भएका सबैखाले आन्दोलनमा थारूहरुको सहभागिता रहेको समेत उल्लेख गर्दै तराईको भूमिपुत्रका रुपमा रहेका थारूहरु राष्ट्रनिर्माणका लागि सधैँ पहरेदारको भूमिका निर्वाह गरिरहेको बताए ।
नेपालका थारूहरुको योगदान विशिष्ट रहेको बताउँदै उनले सामाजिक रुपान्तरणका निम्ति थारूहरुको योगदान विशिष्ट स्मरण गरे । सो अवसरमा नेकपा सचिवालय सदस्य तथा प्रदेश नं १ का इन्चार्ज भीम आचार्य, कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी लगायतका व्यक्तिहरुले जितिया पर्वको शुभकामना दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस