भक्तपुर -सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले विरोध गरे पनि भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाएरै छाड्ने बताएका छन ।
आज यहाँ आयोजित श्री सहकारीको कार्यक्रममा उनले सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा नेमकिपाले विरोध गरेर अवरोध गरे पनि त्यही ठाउँमा रङ्गशाला निर्माण गरेरै छोड्ने बताए ।
नेमकिपालाई विकास गर्न नसके पनि विकासको काममा विरोध नगर्न चेतावनी दिँदै सांसदले बस्नेतले भने , ‘भक्तपुरका जनताले मात्र चिनेको नेमकिपालाई भक्तपुरको सांसदको तर्फबाट मेरो शुभकामना छ, यहाँको पार्टी भएकाले भक्तपुरको विकासका लागि सोच्न अनुरोध गर्दछु, विकासको बाधकका रुपमा होइन, विकासको सहयोगीको रुपमा अगाडि बढोस् ।’
सांसद बस्नेतले निर्वाचनपछिको एक वर्षमा सरकारले २ सय वटा कानून निर्माण गरिसकेको बताउँदै दुई वर्षको अवधिमध्ये पहिलो वर्ष आधार वर्षका रूपमा मनाएको र अबको वर्ष समृद्धिको वर्ष भएको जनाए ।
कुनै समय सिंहदरबारले भक्तपुरलाई नचिन्ने अवस्था रहेको चर्चा गर्दै सांसद बस्नेतले आफूले चुनाव जितेर प्रतिनिधिसभामा प्रवेश गरेसँगै अहिले भक्तपुरमा विकासको लहर आएको जिकिर गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस