काठमाण्डौ-युइएफए च्याम्पियन्स लिग फुटबल २०१९/२० अन्तर्गत गएरातिको खेलमा फ्रेन्च लिग वान च्याम्पियन पीएसजीले स्पेनिस महारथी रियल म्याड्रिडलाइ , वार्यन म्युनिखले रेड स्टार बेलग्रेडलाइ र म्यानचेस्टर सिटिले शाख्तर डोनेस्क समान ३-० ले पराजित गर्दै बिजयी सुरुवात सुरुवात गरेका छन्।
पीएसजी विरुद्ध रियल म्याड्रिड
पीएसजीको घरेलु स्टेडियम पार्क डि प्रिन्सेसमा भएको खेलमा रियाललाई हार चखाउन रियालकै पुर्व खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस मुनियरले एक गोल गरे।
घरेलु टोलीले खेलको १४ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो। ३२ औं मिनेटमा ग्यारेथ बेलको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा बराबरीको सुन्दर मौका खेर फालेको थियो । ३३ औं मिनेटमा मारियाले व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमौ २–० को अग्रत लिएको थियो। लगत्तै ग्यारेथ बेलले अविश्वनीय गोल गरेपनि भिएआरको सहायतामा गोलले मान्यता पाएन। तर, इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस म्युनियरले गोल गर्दै रियाललाई ३-० को लज्जास्पद हार चखाए ।
पीएसजी आफ्ना मुख्य खेलाडी नेयमार र एमबाप्पेविनै मैदान उत्रिदा चोटले थलिएको रियाल पनिआफ्नो मुख्य खेलाडीबिनै मैदान उत्रिएको थियो ।
जितसँगै पीएसजीले समूह ‘ए’ मा महत्वपुर्ण ३ अंक जोडेर पुछारमा छ। यही समुहको अर्काे खेलमा गालाटासारे र क्लब ब्रुगीले गोलरहित बराबरी खेल्दै १/१ अंक बाँडे।
वार्यन म्युनिख विरुद्ध रेड स्टार बेलग्रेड
बायर्नले सर्वियन रेडस्टार बेलग्रेडलाई ३-० ले पराजित गर्दै च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको छ। बायर्नको एलियान्ज एरिनामा भएको खेलमा घरेलु टोली बायर्नको खेलको ३४ औं मिनेटमा किङ्सले कोमानको गोलबाट पहिलो हाफमा १-० को अग्रता बनाएको थियो।
खेलको ८० औ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा थोमस मुलरले ३-० को सहज जित दिलाए। जितसँगै बायर्नले समूह ‘बी’ मा ३ अंक जोडेको छ। रेडस्टार अंकविहीन हुदै पुछारमा छ।
यही समूहको अर्काे खेलमा इंग्लिस क्लब टोटेनहमले शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा ग्रीसको ओलम्पियाकोससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। ग्रीसमा खेलिएको खेलमा टोटेनहमले खेलको २६ औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलबाट खेलमा अग्रता लिएको थियो। ३० औं मिनेटमा लुकास मौउराले गोल गर्दै टोटेनहमलाई २-० ले अघि बढाए । ४४ औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दा पहिलो हाफमा टोटेनहम २-१ ले अघि बढ्यो।
५४ औं मिनेटमा म्याथ्यु भाल्वुएनाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा दुवै टोली अंक बाड्न बाध्य बने। बराबरीसँगै ओलम्पियाकोस दोस्रो तथा टोटेनहम तेस्रो स्थानमा छन।
म्यानचेस्टर सिटि विरुद्ध शाख्तर डोनेस्क
प्रिमियर लिग बिजेता सिटीले युक्रेनी क्लब शाख्तर डोनेस्कमाथि उसकै मैदानमा ३-० को सहज जित निकालेको छ। सिटीलाई सहज जित दिलाउन रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे।
खेलको २४औं मिनेटमा सिटीले रियाद महारेजको गोलबाट अघि बढेको थियो। ३८ औं मिनेटमा गुन्डोगोनले गोल गर्दै सिटीलाई पहिलो २–० को अग्रता दिलाए।
दोस्रो हाफको ७६ औं मिनेटमा ग्याब्रियल जेससले गोल गर्दै सिटीलाई ३-० को जित सहज बनाए। सहज जितसँगै सिटीले समूह ‘सी’ मा ३ अंक जोडेको छ। हारपछी शाख्तर डोनेस्क अंकविहीन छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस