धनुषा-देशैभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एकजना नगरबासीको ज्यानै लिइसक्यो।
नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको हो।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्।
सोही पार्टीकी रेणु झा उपप्रमुखमा जितेकी छिन्। उमेरको हिसाबले आमा-छोरा जस्तो देखिने दुवैबीच चुनाव ताका आमा-छोरा जस्तै व्यवहार पनि देखिन्थ्यो। मेयर मण्डलले उपमेयर झालाई सम्बोधन पनि ‘आन्टी’ (काकी) नै भन्थे।
१८ स्थानीय तह रहेको धनुषा जिल्लामै सबैभन्दा पहिले हंसपुर नगरपालिकाकै निर्वाचन परिणाम घोषणा हुँदा अरु पालिकामाभन्दा यहाँ बढी नै तामझामका साथ राजपाले विजयी जुलुश प्रदर्शन पनि गर्यो।
जब, दुईबीच पदीय अधिकारको सवालमा दूरी बढ्न थाल्यो अनि पार्टी मौन बसिदियो। हुँदाहुँदै उनीहरूबीचको विवाद ज्यानै लिनसम्मको अवस्थामा पुगेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस