काठमाडौं – सरकारले दशैंलाई लक्षित गरी सस्तो मूल्यमा जनतालाई सामान उपलब्ध गराउने उद्देश्यले भदौ २ गतेदेखि सहुलियत पसल सुरु गर्यो ।
तर खाद्यान्न सस्तो मूल्यमा दिने भनिएका पसलमा सुपर मार्केटमा भन्दा खाद्यान्न महंगो पर्ने देखिएको छ ।
भदौ २३ गते सुरु गर्दा बिराटनगरस्थित सहुलियत पसलमा चिनीको मूल्य प्रतिकेजी ७२ रुपैयाँ तोकिएको छ । तर विराटनगरकै भाटभटेनी सुपर मार्केटमा ५९ रुपैयाँमै उपलब्ध छ ।
सरकारले चाडपर्वलाई लक्षित गरी राजधानी र राजधानी बाहिरका विभिन्न ठाँउमा सहुलियतका पसलहरु सञ्चालनमा ल्याएको छ ।
सरकारले सुरु गरेको सहुलियत पसल छठ पर्वसम्म सञ्चालन हुनेछन् ।
सहुलियतका पसलमा साल्ट ट्रेडिङ, खाद्य संस्थान, निजी कम्पनी र दूग्ध विकास संस्थानले सहुलियतमा सामानहरु बिक्री गरिरहेका छन् ।
जसमा साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गरेको छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालन गरेको छ ।
काठमाडौ उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन छ ।
भाटभटेनी सुपर मार्केटको शाखा सञ्जाल मुलुकभर सञ्चालनमा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस