टोकियो- जापानको टोकियो नजिककैका झण्डै चार लाख २० हजार घरमा विद्युत् र पानी वितरण सेवा बन्द भएको छ ।
बुधबार बिहानैदेखि आएको तुफानले बिजुलीका पोलहरु ढाल्दा विद्युत् र पानी वितरण सेवा अवरुद्ध भएको विद्युत् कम्पनीले जनाएको छ ।
कान्टो क्षेत्रका चार लाख परिवार अझै पनि बिजुलीविहीन अवस्थामा रहेको अधिकारीहरुले बताएका छन् ।
छिमेकी कानाङ्वा प्रान्तमा जानीजानी विद्युत् सेवा काटेको बेला (ब्ल्याक आउट) जस्तो अनुभव भएको स्थानीयले बताएका छन् ।
चिबा, टोकियो र शिजुओका प्रान्तमा गर्मी बढेर औसतमा ३० डिग्री सेल्सियस पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस क्षेत्रका २४ हजार ९ सय घरहरुमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेसम्म पानी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विद्युत् सेवा नभएको बेला ‘लु’ लागेर दुई जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु हुनेमा ९३ वर्षीय एक जना महिला र ६५ वर्षीय पुरुष रहेका छन् ।
वातावरण ठीक नभएकै कारण उनीहरुको मृत्यु भएको हुनसक्ने धेरैको भनाइ छ । वृद्ध पुरुषको मृत्यु भएको बेला उनी भएको ठाउँमा ३५ डिग्री सेल्सियस तापक्रम थियो ।
स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका ६२ जना अस्पतालमा भर्ना भएको जनाएको छ । विद्युत् सेवा कटौतीका कारण ३७ जनालाई मात्रै उपचार सेवा उपलब्ध गराउन सकिएको मन्त्रालयको भनाइ छ ।
यद्यपि सरकारले सक्दो प्रयास भइरहेको र चाँडै सेवा सुचारु हुने बताएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस