काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
उनी नियमित मुटु परीक्षणका क्रममा त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर बुधबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले निकालिदिएको छ।
प्लाज्मा फेरोसिस गर्दा सिंगापुरमा ओलीको मुटुमा क्याथेटर राखिएको थियो।
मुटुरोग विशेषज्ञहरुका अनुसार बिरामीको हात तथा खुट्टाको नसाबाट तार पठाएर गरिने जाँच र उपचार पद्धतिलाई क्याथेटर भन्ने गरिन्छ ।
मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेरेसिस विधिबाट प्रधानमन्त्रीको मुटुमा क्याथेटर राखिएको थियो ।
ओली अघिल्लो साता मात्रै सिंगापुरबाट उपचार गराएर फर्किएका थिए। ओलीलाई मृगौलासम्बन्धी समस्या छ ।
सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर हालैमात्र स्वदेश फर्किएका प्रधानमन्त्रीले यसअघि पनि पटकपटक सोही अस्पतालमा परीक्षण गराएका छन्।
ओलीले गत वर्ष पनि सो अस्पतालमा भर्ना भएर मुटुको उपचार गराएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस