काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार (भदौ २२ गते) नेपाल आउने भएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणको तयारी र राजनीतिक सम्बन्ध विस्तारका विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्।
तर परराष्ट्र मन्त्रालयका अधिकारीले भने चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण मितिबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ‘नेपाल भ्रमण निम्तो दिइएको हो तर आइतबार नै आउनेबारे थाहा भएन,’ मन्त्रालयका एक अधिकारीले भने।
ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने मन्त्री वाङ यी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक भ्रमण लागि ११ अक्टोबरमा भारत जाँदैछन्। भारतबाट फर्किनेक्रममा अक्टोबर १५ मा केही घण्टाका लागि नेपाल आउने जनाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस