चितवन- बुधबार बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए।
सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झर्नुभयो । उहाँहरु गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुगे।
बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराई तर्फ जब लैजाँदै थिए मन्त्री भट्टराईले रोक्दै सिटौला तर्फ देखाउँदै भने,’पहिला दाइलाई ।” मन्त्रीको भनाईसँगै बस्नेतलेसँगै रहेका सिटौलालाई त्यही खादा पहिले ओडाउनुभयो अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाएका थिए।
यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए । दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिए।
चितवन क्षेत्र नं– २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गरेका थिए।
“मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ । ” पोख्रेलले थप्नुभयो, “लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हांै, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।” युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोख्रेललेको भनाई थियो।
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिए यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राखेका थिए ।
उनीहरुको स्वागतमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तार सम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजन सम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन आएका हुन्।
केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई भेट गरी जानकारी गराएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस