काठमाडाैं-कांग्रेसमा धार्मिक स्वतन्त्रताका पक्षमा बहस भएको छ। केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धर्मनिरपेक्षताको विरोध गर्दै धार्मिक स्वतन्त्रता वा हिन्दु राष्ट्रका पक्षमा आवाज उठाएका हुन्। बैठकमा शीर्ष नेताहरूले भने यस विषयमा जबाफ दिएका छैनन्।
सहमहामन्त्री प्रकाशशरण महत तथा नेताहरू बालकृष्ण खाण, एनपी साउद, शेखर कोइराला, शंकरभण्डारीलगायतले धर्मका बारेमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका थिए।
सहमहामन्त्री डा.प्रकाशशरण महतले धर्मनिरपेक्षता नभई धार्मिक स्वतन्त्रता हुुनुपर्नेमा जोड दिएका थिए। उनले सनातन धर्मको रक्षा र अन्य धर्मको सम्मान गर्नुपर्ने बताएका थिए।
पार्टी सभापति शेरबहादुर देउवाले धर्मका विषयमा केन्द्रीय सदस्यले उठाएका विषयमा कुनै जबाफ दिएनन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलले हिन्दु राष्ट्रको मुद्दामा असहमति जनाएको एक केन्द्रीय सदस्यले बताए। पार्टीको महासमिति बैठकमा आठ सयभन्दा बढी सदस्यले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस