काठमाडौं- आगामी मंसिर १४ मा हुन लागेको उपचुनावका लागि निर्वाचन आयोगले दलदर्ताको आह्वान गरेको छ । आयोगले सोमबार एक सूचना जारी गरी उपचुनावमा सहभागी हुन चाहने राजनीतिक दलहरुलाई दल दर्ताको आह्वान गरेको हो।
प्रतिनिधीसभामा एकसहित प्रदेश र स्थानिय तहका गरी ५० स्थानमा उपचुनाव हुदैछ। यहाँका जनप्रतिनिधीहरु रिक्त रहेका कारण आयोगले त्यस स्थानमा उपचुनाव गराउन लागेको हो।
चुनावमा सहभागी हुन चाहने दलले पहिले आफ्नो दल निर्वाचन आयोगमा दर्ता गराउनु पर्ने कानुनी व्यवस्था छ। आयोगमा दर्ता भएका दलले मात्र चुनावमा सहभागी हुन पाउनेछन्।
आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ।
यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबै दललाई आयोगले सार्वजनिक सूचना जारी गरि आग्रह गरेको छ ।
नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार, ०७४ को निर्वाचनमा सहभागी नभएका नया दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन । यसअघि ०७४ मा तीन तहमा निर्वाचन भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस