नयाँ दिल्ली- पछिल्लो सयम भारतमा सवारी बिक्री निरन्तर ओरालो लागेको छ। २०१९ को अगस्टमा प्यासेन्जर कार उत्पादक कम्पनी मारुती सुजुकी, हुन्डाई, महिन्द्रा, टाटा तथा होन्डालगायत कम्पनीको कार बिक्री घटेको हो।
भारतमा सर्वाधिक बढी कार बिक्री गर्ने कम्पनी मारुती सुजुकीको बिक्री ३३ प्रतिशतले घटेर १ लाख ६ हजार ४ सय १३ वटामा सीमित भएको छ। यो अगस्ट महिनाको तथ्यांक हो।
मारुतीको सबैभन्दा धेरै कार कम्प्याक्ट सेगमेन्ट (स्विफ्ट, सेलेरियो, इग्निस, बोलेनो र डिजायर)को बिक्री २०१८ को अगस्टको तुलनामा यो वर्ष २३.९ प्रतिशतले घटेर ५४ हजार २ सय ७४ वटामा सीमित भएको छ।
त्यस्तै महिन्द्राको समग्र प्यासेन्जर कारको बिक्री अघिल्लो वर्ष ४५ हजार ३ सय ७३ वटा बिक्री भएकोमा २०१९ को अगस्टमा ३६ हजार ८५ वटामात्र बिक्री भएको छ। होन्डाले भारतमा २०१८ अगस्टमा १७ हजार २० वटा कार बिक्री गरेकोमा यो वर्ष ८ हजार २ सय ९१ वटा बिकेको तथ्यांक छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस