काठमाडौं- ११ दिनदेखि सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार बुधबार पूरा हुने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतबार जनाए अनुसार बुधबार सातौं चरणको प्लाज्माफेरेसिस पूरा हुने भएको हो।
बुधबार सातौं अर्थात अन्तिम चरणको रुपमा प्लाज्मा फेरेसिस गरिसकेपछि उपचार पूरा हुने प्रधानमन्त्रीका निजी चिकित्सक दिलिप शर्मालाई उदृत गर्दै प्रेस सल्लाहाकार कुन्दन अर्यालले ट्विट गरेका छन्।
हालसम्म पाँच पटक सोही प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीबडीलाई निराकरण गरिएको छ। सोमबार छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पुरा हुने जनाइएको छ। त्यसपछि थप चेकअपको काम हुने प्रेस सल्लाहाकार अर्यालले बताए।
आइतबार अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासम्बन्धी जानकारी दिदै एउटा ट्वीटसमेत गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्- ‘सम्माननीय प्रमको प्लाज्मा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ। प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ।’
अर्यालले बाहिर हल्ला भएजस्तो मृगौला नै फेर्ने भन्ने विषयमा कुनै तयारी नभएको र प्रधानमन्त्रीको अवस्था पनि त्यस्तो नभएको बुझिएको छ। ‘उहाँको अवस्था सामान्य छ। मृगौलामा देखिएको केहि समस्या प्लाज्मा फेरेसिसमार्फत निराकरण हुन्छ,’ उनले भने।
प्रधानमन्त्री गत भदौ ५ गते दोस्रो चरणको स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइराखेको छ। १० दिनका लागि भनेर गएपनि कहिले फर्किने भन्ने एकिन हुन सकेको छैन।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको सोही अस्पतालम पुगेर उपचार गराएर फर्किएका थिए। तर, फेरि समस्या देखिएपछि उनी भदौ ५ गते सिंगापुर गएका हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस