सुर्खेत- नेपालगन्जको कान्जीहाउसबाट दैलेख लैजाँदै गरिएका गाईलाई सुर्खेतको वीरेन्द्रनगरमा भिरबाट खसालिएको पाइएपछि सहरी विकासमन्त्री मोहम्मद इस्तिया राईले छानबिन गर्न माग गरेका छन्।
शुक्रबार गृह मन्त्रालयलाई पत्र लेख्दै मन्त्री राईले दोषी पत्ता लगाई कारबाही समेत गर्न माग गरेका छन्।
बिहीबार राति ११ बजे नेपालगन्जबाट आठ वटा ट्रकमा २ सय ९१ वटा गाई र गोरुलाई सोतर्फ लगिएको थियो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बाटो हुँदै दैलेख लैजाने क्रममा वीरेन्द्रनगर-८ को कटकुवामा गाईहरुलाई बिहान ३ बजे ट्रकबाट ओरालिएको थियो।
सोपश्चात् गाईलाई भीरबाट खसालिएको थियो। जसमध्ये १६ वटा गाईको शव भेटिइसकेको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
मन्त्री राईले घटनामा संगग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि आफूलाई विभिन्न माध्यमबाट सूचना तथा अनुरोध आइरहेकोले कानुनविपरीत राष्ट्रिय जनावरको बध तथा हत्याका सम्बन्धमा आवश्यक छानबिन तथा कारबाहीका लागि अनुरोध गरेका छन्।
घटनालाई लिएर जनमानसबाट आक्रोशपूर्ण अभिव्यक्ति आइरहेको बताउँदै उनले गृह मन्त्रालयलाई छानबिनका लागि अनुरोध गरेका हुन्।
प्रहरीका अनुसार बिहीबार राति साढे १२ बजेतिर चौपाया बोकेका ८ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएका थिए। गाईगोरु छोडेर नेपालगञ्ज फर्कंदै गरेका ५ वटा ट्रकलाई बबईबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस