काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भिडियो कन्फ्रेन्सका विषयमा प्रस्ट पारेको छ। भिडियोका कन्फ्रेन्सको गोपनीयताका विषमया प्रतिपक्षी दलले आवाज उठाएपछि सचिवालयले प्रस्ट पारेको हो।
प्रधानमन्त्रीका सचिवालयका तर्फबाट आइटी विज्ञ अलि अस्गरले सामाजिक सन्जालमा यस बारेमा लेख्दै कुनै गोपनियता भंग नहुने धारणा सार्वजनकि गरेका हुन्। ‘भिडियो कन्फेन्सबाट गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ। प्रधानमन्त्री र अन्य मन्त्रीबीचमा सम्पर्क स्थापित गर्दा कुनै सूचना बाहिरिएको छैन।’
आफुहरुले प्रयोग गरेको प्रविध विस्वस्त रहेको र पूर्ण सुरक्षित रहेको जिकिर समेत उनको छ। ‘यसलाई सामन्य स्काइप कल, फेसबुक लाइभ, युट्युजस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ,’ उनले भनेका छन्।
उनले यस बारेमा सामाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ :
हिजो TelePresence मार्फत गरिएको ऐतिहासिक मन्त्री परिषद बैठकको विषयमा धेरै साथीहरुले यसको सुरक्षाको जिज्ञासा राख्नु भएको छ।
यसमा हामीले हाम्रो र सम्मानीय प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न VPN (Virtual Private Network) प्रयोग गरेका छौं।
सम्मानीयज्यूले सिंगापुरबाट transfer भएको सुचना सर्वप्रथम Encrpyt हुन्छ । Encrypted data अयिगम मा जान्छ । Cloud बाट af6 TP Server (Tele Presence) ले उक्त मबतब ग्रहण गर्छ । त्यसपछि पुनः decrypt हुन्छ र अन्तिममा Action Room काठमाडौँमा प्राप्त हुन्छ । यो प्रक्रियाबाट नै काठमाडौँबाट पठाइने सूचना समेत सिंगापुरमा प्राप्त हुन्छ । त्यसकारण सूचना पुर्णतः सुरक्षित रहन्छ ।
सुरक्षा गोपनियताको आचारसम्हिताका कारण यो भन्दा धेरै जानकारी दिन मिल्दैन । साथीहरुलाई हामी ढुक्क बनाउन चाहन्छौ सामन्य सुरक्षा कवचमा बसेर मन्त्री परिषद जस्तो अत्यन्त सम्वेदनशील बैठक गर्न कोही नेपालीले आंट गर्न सक्दैन । यसलाई सामन्य skype call, facebook live, youtube streaming जस्तो गरी प्रचार गरेर भ्रम नफैलाउन अनुरोध छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस