पोखरा-नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगश भट्टराईले पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरेका छन ।
बुधबार पोखरा आएका पर्यटनमन्त्री भट्टराईले राष्ट्रिय गौरबको आयोजना अन्तर्गतको निर्माणाधिन सो बिमानस्थलको निर्माणकार्यबारे अवलोकन गरेका हुन ।
सो अवसरमा बोल्दै उनले सम्पन्न हुने सम्झौता भन्दा ६ महिना अगावै निर्माण कार्य सकिने स्थलगत अवलोकन पश्चात प्रष्ट भएको बताए । उनले तोकिएको मिति भन्दा अगावै निर्माकार्य सम्पन्न हुदा सकरात्मक सन्देश प्रवाह हुने उल्लेख गर्दै लगानीकर्तालाई आकर्षित गर्नै बताए ।
उनले तोकिएको मिति भन्दा अगाडी नै सम्पन्न हुदा अलपत्र भएका नेपालका कैयांै ठुला आयोजना निर्माणमा बिश्वास बढ्ने बताए । उनले चिनियाँ कम्पनीको कार्यप्रति खुशि प्रकट गर्दै सम्झौता बमोजिन नै निर्माण सम्पन्न हुने बिश्वास राखे । मन्त्री भट्टराईले विमानस्थल निर्माणको काम दु्रत गतिमा बढेको बताउदै स्थानिय समुदायमा रहेको मुआब्जा सम्बन्धि समस्याहरुलाई हल गर्न लाग्ने उल्लेख गरे । ‘मुआब्जाको बिषयमा फेरी बसौ, छलफल गरौ, उनले भने ‘हामीले स्थानिय समुदायलाई नाङ्गेझार बनाएर, खालीखुट्टा र नाङगोआङ लखेटेर आयोजना बनाउदैनौ ।’
मन्त्री भट्टराईले मुआब्जा बाहेकका अन्य समस्यालाई समेत सम्बोधन गर्न सक्ने उल्लेख गरे । उनले बिमानस्थल सम्पन्न पश्चात आवश्यक कर्मचारी छनौटमा स्थानिय समुदायलाईनै पहिलो प्राथमिकतामा राखिने बताए । उनले बिमानस्थल सञ्चालनमा आईसकेपछि बैदेशिक बजारमा पोखराको प्रबद्र्धन हुने बताउदै पर्यटन बिकासमा समेत थप टेवा पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको आयोजना प्रमुख ईन्जिनियर बिनेश मुनकर्मीका अनुसार सन् २०२१ जुलाई १० मा सम्पन्न गर्ने सम्झौता रहेको बिमानस्थलको निर्माणकार्य ४५ प्रतिशत सम्पन्न भैसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस