चितवन- माउन्टेन टिभिका पत्रकार सालिकराम मृत्यु प्रकरणका आरोपी युवराज कँडेलको बयान चलिरहेको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कंडेल विहान १० बजेपछि चितवन जिल्ला अदालतमा उपस्थित गराईएको हो। पुडासैनीकी प्रमिका भनिएको अस्मिता कार्कीको भने बयान हिजै सकिएको थियो।
उनिहरुको बयान जिल्ला अदालतका मुख्य न्यायधिस हेमन्त रावलको इजलासमा चलिरहेको छ । युवराजको बयान सकिएपछि तत्कालै रविको बयान सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमनी गीरीले बताए ।
आइतबार समय अभावका कारण रवि र युवराजको आज मात्रै बयान लिइरहेको हो।
बयान सकिएपछि आजै बहस हुने जनाईएको छ । बहस सकिएपछि अदालतले उनीहरुलाई रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश दिनेछ।
पुडासैनी मृत्यु प्रकरणमा उनिहरु तिनै जनाविरुद्ध आत्महत्या दुरुत्साहत मुद्दा दर्ता भएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार ५ वर्ष कैद र ५० हजार जरीमानाको माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस