काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । शितल निवासमा आइतबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर रहँदा नेकपाका कार्यकारी अध्यक्ष समेतको जिम्मेवारी लिएका प्रचण्डबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि, भेटमा समसामायिक राजनीतिक घटनाक्रम, प्रधानमन्त्री केपी ओलीको सिगापुरको फलोअप उपचार भ्रमण लगायतका विषयमा कुराकानी भएको बताईएको छ।
राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा प्रचण्डसँग जिज्ञासा राखेकी प्रचण्डको सचिवालयले जनाएको छ।
अध्यक्ष प्रचण्डले फ्लोअप उपचारका लागि प्रधानमन्त्रीको स्वास्थ्य भ्रमण भएको भन्दै प्रधानमन्त्रीले पार्टीलाई जानकारी गराएका विषयको जानकारी राष्ट्रपतिलाई गराएका थिए ।
‘प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज्म फेरेसिस प्रक्रियाबाट नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा शुरू गरिएको र त्यो प्रक्रिया अझै केही पटक गर्नुपर्ने र स्वास्थ्य अवस्था अहिले सामान्य रहेको विषयमा अध्यक्षले राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ, ’ प्रचण्डले राष्टपतिलाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै भनेको स्रोतले बतायो ।
त्यसो त प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि प्रधनमन्त्रीको स्वास्थ्य उपचार प्लाजामा फेरेसिस प्रक्रियाबाट शुरु गरिएको बताएका थिए ।
उनले प्रधानमन्त्रीका नीजि चिकित्सक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै यो उपचार प्रकृया अरू केही पटक गरिने र स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा रहेको बताएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस