एजेन्सी- एकनाफ-बङ्लादेशमा शरणार्थीको रूपमा बसेका रोहिङ्ग्याहरुलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ ।
विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरुलाई बिहीबार स्वदेश फर्काउने योजना बङ्लादेशमा बनाइएको थियो ।
मुस्लीम समुदायको बाहुल्यतासहित झण्डै सात लाख ४० हजार म्यानमारका रोहिङ्ग्या समुदायका बासिन्दा सन् २०१७ देखि बङ्लादेशमा शरणार्थी बन्न बाध्य छन् । उनीहरुलाई स्वदेश फर्काउन बङ्लादेशले पटक पटक प्रयास गरेपनि सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरुले स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।
आफुहरूलाई म्यानमारको नागरिकता दिनुपर्ने सुनिश्चितताको सर्त पनि उनीहरुले राखेको समाचारमा जनाइएको छ ।
“म्यानमार सरकारले हामीलाई लुट्ने छ, हामीलाई मार्ने छ, त्यसैले हामीलाई सुरक्षाको सुनिश्चितता नहुँदासम्म स्वदेश फर्किन सक्दैनौ, हामी जाँदैनौ,” रोहिङ्ग्या शरणार्थीका नेता नोसिमाले भने।
अर्का एक शरणार्थी मोहम्मद इस्लामले थपे, ‘हामीलाई सुरक्षा र नागरिकताको सुनिश्चितता गरिनुपर्यो, हामीलाई हाम्रो वास्तविक जग्गाजमिन दिने प्रतिबद्धता आउनु पर्यो।” यस बारेमा आफूहरु स्वदेश फर्कनु अगाडि म्यानमार सरकारसँग कुरा गर्न चाहेको पनि उनीहरुले बताएका छन्।
अहिलेको चरणमा ३४ हजार शरणार्थीलाई स्वदेश फर्काउन भन्दै स्थानीय समय अनुसार विहान ९ बजे तेक्नाफ शिविरमा सवारी साधनहरु ल्याइएको थियो।
तर छ घण्टासम्म पनि सवारी साधनमा बस्न कोही तयार नभएर सवारी साधन खाली नै रहेको थियो भने उनीहरु शुक्रबार फर्किने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्।
“हामीले २९५ परिवारसँग अन्तर्वार्ता गरिसकेका छौँ, अहिलेसम्म कसैले पनि स्वदेश फर्किने इच्छा देखाएका छैनन्,” बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले पत्रकारहरुसँग भने।उनले शरणार्थीहरुसँग सरकारी अधिकारीहरुले अन्तर्वार्ता गर्ने कार्यलाई निरन्तरता दिने जानकारी पनि दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस