भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले व भक्तपुरमा राष्ट्रिय गौरवका आयोजना, भौतिक संरचनाको विकास साथै त्यसको लागि आवश्यक पर्ने बजेटको व्यवस्था व्यापक मात्रामा बताउँदै भक्तपुरको विकासमा दरवार (राष्ट्रिय गौरवको आयोजना, भौतिक विकास तिव्र गतिमा अघि बढेको) पनि र घरवार (आर्थिक, प्रशासनिक तथा व्यवस्थापन) पनि आवश्यक मात्रामा रहेको उल्लेख गर्नुभएको छ ।
आज नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना इकाई (शिक्षा) भक्तपुरद्वारा निर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित बालशिक्षा आधारभुत विद्यालयको ४ कोठे पक्की भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले आगामी दिनमा भक्तपुरको विकास आर्थिक अभावले नरोकिने बताउनुभयो ।
उहाँले भक्तपुरको विकास उज्यालो सूर्यचन्द्र जस्तै भएको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरमा नयाँ सहर, आधुनीक वीर अस्पताल, अन्तर्राष्ट्रिय स्तरको सभागृह, खेल मैदान, प्राणी उद्यानलगायतका धेरै राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको छ । परिवर्तन जनताको चाहना, आवश्यकता र स्रोत साधनको उपलब्धतालाई सन्तुलन गर्नु नै भक्तपुरको विकास हुनु हो ।’
भूकम्प पछि भक्तपुरमा विद्यालय, मठमन्दीर, नीजि आवसका भवन निर्माणलगायतका क्षेत्रहरुको पूनःनिर्माण कार्य देशकै लागि उदाहरणीय रहेको बताउँदै उहाँले विकास र समृद्धिमो भक्तपुरका जनताको चेतनाको स्तर उच्च हुँदै गएको बताउनुभयो । जनताको चेतनाको वृद्धि नै भक्तपुरको विकास र समृद्धि भएको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरको विकासमा भुमकम्प अघि आउने मानिसले अहिले आउँदा छुट्याउन समेत नसक्ने गरी तिव्र गतिका साथ अघि बढिरहेको छ । जसमा सूर्यविनायक नगरपालिकाले आफ्नो स्रोत साधनलाई व्यवस्थित तवरले परिचालन गरेको, जनसहभागितामूलक विकासको योजना जसमा ६०–४०, समपुरक योजनालगायतका धेरै उत्कृष्ट कार्य गरिरहेको छ । जसमा जनताको साथ र सहयोग नै विकासको उच्चतम् प्रतिफल हो ।’
भक्तपुरमा सडक, ढल, खानेपानीलगायतका कार्यहरु तिव्र गतिका साथ अघि बढिरहेको छ । चित्तापोलका मानिसमा दुई तीन वर्षभित्रमा खानेपानीको अभाव अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘भक्तपुरको विकासमा तीन वटै सरकारले वोनसको रुपमा ध्यान दिई अघि बढिरहेको छ । अन्य जिल्लाहरुमा विकास हुन नसकी फ्रिज हुन लागेका बजेट समेत भक्तपुरमा काम हुन्छ भनि विशेष रुपमा बजेटको व्यवस्था भइरहेको छ । आगामी दिनमा अझ बढी नयाँ नयाँ भिजन, दृष्टिकोण, लगावको साथ जनप्रतिनिधिहरु अघि बढ्नुपर्छ ।’
भक्तपुरको जनप्रतिनिधिको लगाव र इमान्दारीता नै अहिलेको उपलब्धी, विकास तथा जनताको चाहना पुरा हुदै गएको बताउँदै उहाँले आफ्नो कार्यकालभरीमा आफ्नो क्षेत्रका अधिकाशं सडकहरु निर्माण भइसक्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, ‘अबको तीन चार वर्षपछि १०–१५ लाखका कामको माग होला तर करोड भन्दा माथिका माग कम हुने दिन आउँछ । त्यसको लागि सवैले हातमा हात काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ ।’
अहिलेका वालवालिकालाई माग्ने नभई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा २२ वटा विद्यालय, ६ वटा अस्पताल निर्माण भइसकेको जानकारी गराउनुभयो । कुनै पनि परिवर्तन आफैबाट शुरु गर्नुपर्ने बताउँदै उहाँले अबको शिक्षा कुनै सैद्धान्तिक भन्दा पनि व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, माछा किन्न सिकाउने हैन, पाल्न सिकाउनुपर्छ ।’
सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नगरपालिकामा भइरहेको सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रको उपलब्धीको बारेमा जानकारी गराउनुभयो । जनताको साथ र सहयोग नै सूर्यविनायकको विकास भएको बताउँदै केही दुई चार जनाले विरोध गर्दैमा नगरपालिकाको विकास नरोकिने बताउनुभयो ।
६९ लाख ६९ हजार ६ सयको लागतामा निर्माण सम्पन्न गरिएको उक्त विद्यालयको भवन उद्घाटन कार्यक्रममा भक्तपुर आयोजना कार्यालय प्रमुख भरत श्रेष्ठले भुकम्पका कारण भक्तपुमा जम्मा ९७ वटा विद्यालयहरुमा क्षती पुगेको जानकारी गराउनुभयो । उहाँले आयोजनले ३२ वटा निर्माण सम्पन्न गरिसकेको, ३५ वटा निर्माणको क्रममा रहेको र बाँकी केहीमा विभिन्न समस्याका कारण रोकिएको जानकारी गराउनुभयो ।
प्र
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस