काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई क्यान्सर अस्पताल भक्तपुरमा भएको राजनीतिक हस्तक्षेपको विषयमा मन्त्रालयको ध्यान पुगेको छ कि छैन भनि प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको मन्त्रालयसँग सांसदको प्रश्न उत्तरको क्रममा सांसद बस्नेतले क्यान्सर रिलिफ सोसाइटीले सञ्चालन गरेको भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको बहानामा भक्तपुर नगरपालिकाले राजनीतिक हस्तक्षेप गरेको बताउँदै भन्नुभयो, ‘भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाले छुट्टै व्यवस्थापन समिति गठन गरेर राजनीतिकरण गर्ने काम भएको छ । त्यहाँ अहिले सयौं क्यान्सरका विरामीहरु अलपत्र परेका छन् । यस्तो संवजेदनशील क्षेत्रमा जुन ढंगले राजनीतिकरण भएको छ । यसमा मन्त्रालयले के गर्ने सोच बनाएको छ ?’
पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरको चाँगुनारायण नगरपालिकामा ७ सय रोपनी जग्गामा बीर अस्पताल निर्माण प्रक्रियाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग जवाफ माग गर्नुभएको छ । उहाँले भन्नुभयो, भन्नुभयो,‘डिपिआर निर्माण भइसकेको अवस्थामा स्वयं मन्त्रीज्यूको त्यहाँ निर्माण सम्भावना छैन भन्ने भनाइ सार्वजनिक हुँदा अन्यौलता उत्पन्न भएको छ । यसलाई स्पष्ट पार्न अनुरोध गर्दछु ।’
सांसद बस्नेको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले भक्तपुर क्यान्सर अस्पताल सरकारले सञ्चालन नगरेको हुँदा त्यसमा सरकारको ठाडो हस्तक्षे गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन र प्रशासन त्यही संस्थाले गर्ने भएकाले त्यसमा सरकारले धेरै कुरा गर्न सक्दैन । तर त्यहाँ भएका अनियमितता वा अन्य कुराहरु रहेछन् भने त्यसमा सरकारको ध्यान गएको छ । यसमा सरकारले छानबिन र अनुगमन गर्ने नै छ ।’
मन्त्री यादवले भक्तपुरको दुवाकोटमा निर्माण प्रक्रिया अगाडि बढिरहेको बीर अस्पताल कुनै पनि हालतमा नरोकिने बताउनुभयो । यादवले भन्नुभयो, ‘नेपालको सबैभन्दा ठूला र ड्रिम प्रोजेक्टका रुपमा विश्वस्तरीय हेल्थ इन्स्टिच्युट बनाउने र बीर अस्पतालमा रहेको नाम्सलाई त्यहाँ लैजाने तयार्री भएको छ । उक्त स्थानमा विश्वस्तरीय शिक्षण, चिकित्सा र अनुसन्धान केन्द्र निर्माण गर्ने सोचाइ अनुरुप सरकारले डिपिआर बनाउने काम भएको छ । उक्त स्थानमा सो प्रोजेक्ट सम्पन्न गर्नको लागि बाहरिबाट श्रोत समेत जुटाउने प्रयास भइरहेृको छ । यस सम्बन्धमा विज्ञहरुले प्रतिवेदन पनि दिइसकेकोले सरकारले यसमा बजेट समेत विनियोजन गरिसकेको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस