काठमाडौं – एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाललाई किर्गिस्तानले २५-२३, २५-२२ र २५-२२ को सेटमा पराजित गर्यो ।जितसँगै समूह ‘ए’ को किर्गिस्तानले २ अंक जोडेको छ । र, किर्गिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । किर्गिस्तानले अब मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।हारसँगै नेपाललाई सेमिफाइनलमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत नै समूह ‘बी’ को पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।
समूह ‘बी’ अन्तर्गत नै आज बंगलादेशले उज्वेकिस्तानको सामना गर्नेछ ।प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस