काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बाँकी रहेका विभिन्न कमिटीको इन्चार्ज र सह–इन्चार्ज, अध्यक्ष, सचिवको जिम्मेवारी टुंग्याएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा चार घन्टा बढी बसेकाे बैठकले जनवर्गीय,विशेष जिल्ला र सातै प्रदेश सम्पर्क समितिका नेतृत्व टुंगाएकाे हाे।
बैठकले २२ जनवर्गीय संगठनका इन्चार्ज, सह–इन्चार्ज साथै विशेष कमिटीको जिम्मेवारी पनि तोकेको छ ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले नै केन्द्रीय सम्पर्क समन्वय कमिटी गठन गरेको छ । कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा, सहइन्चार्जमा डिलाराम आचार्य, अध्यक्षमा विजय गुरुङ, सचिवमा झक्कु सुवेदी रहेका छन् ।
नेकपाले जनवर्गीय संगठन युवा, महिला र मजदुरलगायत पनि टुंगो लगाएको छ । ट्रेड युनियन महासंघको इन्चार्जमा जयपुरी घर्ती र सहइन्चार्जमा विनोद श्रेष्ठ, अखिल नेपाल किसान महासंघको इन्चार्जमा वामदेव गौतम र सहइन्चार्जमा सुनिल मानन्धरलाई जिम्मेवारी दिइएको छ । यसअघि अध्यक्षमा वामदेव गौतमलाई राखिएको थियो । त्यसमा हरि पराजुलीलाई राखिएको छ ।
प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकले अखिल नेपाल महिला संघको इन्चार्जमा गोमा देवकोटा र सह इन्चार्जमा कमला रोक्का, राष्ट्रिय संघ युवा नेपालको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य, सह इन्चार्जमा विनोद ढकाल, नेपाल बुद्धिजीवी संगठनको इन्चार्जमा अग्नीप्रसाद सापकोटा र सहइन्चार्जमा टंक कार्की, पेशागत महासंघ नेपालको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्नाथ प्याकुरेल रहेका छन् ।
त्यस्तै, उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणी पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्षमा राजन भट्टराई, सचिवमा लेखनाथ न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
युवा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुगेंल, सहइन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल, मजुर विशेष जिल्ला कमिटीमा इन्चार्ज विणा श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिङखडा र सचिव नवराज लुइटेल रहेका छन् ।
पेशागत विशेष जिल्ला कमिटीमा इन्चार्जमा केशव प्रसाद नेपाल, सहइन्चार्ज प्रेमल खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव कृष्ण राज केसी, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा इन्चार्ज पार्वती गुरुङ, सहइन्चार्ज शशी श्रेष्ठ, सचिव चन्द्र रिजाललाई पार्टीले जिम्मेवारी दिएको छ ।
त्यस्तै सात प्रदेश सम्पर्क कमिटीको पनि जिम्मेवारी बाँडफाँड गरेको छ । त्यसमा प्रदेश १ मा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्ज हेमकुमार राई, अध्यक्ष इन्द्रकुमारी भण्डारी, सचिव ध्रुवकुमार आङदम्बे, प्रदेश २ मा इन्चार्ज अच्युत मैनाली, सहइन्चार्ज भरत साह, अध्यक्ष सुनिता यादव र सचिव विल्टु यादव,लाई जिम्मेवारी दिइएको छ ।
यस्तै प्रदेश ३ मा इन्चार्ज गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्षमा कमला दोङ र सचिवमा श्याम बस्नेत, गण्डकीमा इन्चार्ज दिल्लु पन्त, सहइन्चार्जमा चुडामणि खड्का, अध्यक्ष तारा कुमाल र सचिव विष्णु सिग्देललाई पार्टीले जिम्मेवारी दिएको छ ।
प्रदेश ५ मा इन्चार्ज मानबहादुर बुढा, सहइन्चार्जमा गौरा प्रसाद कोइराला, अध्यक्षमा थानेशवर बस्याल र सचिवमा सुनिता रोकया, कर्णाली प्रदेशमा इन्चार्ज जगबहादुर मल्ल, सह इन्चार्जमा गोविन्द विक्रम साह, अध्यक्षमा पूर्णबहादुर मल्ल र सचिवमा चित्रबहादुर धर्तीमगर, सदुरपश्चिम प्रदेशमा इन्चार्ज गौरीशंकर चौधरी, सहइन्चार्ज महेश्वर पाठक, अध्यक्ष शिव ठगुला र सचिवमा हेमन्त जोशलाई जिम्मेवारी दिएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले ३३ विभागका प्रमुख र उपप्रमुख टुंग्याएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस