काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधको पनि सरकारले स्वागत गर्ने बताएका छन्। प्रतिनिधिसभाको आइतबार बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुको संघर्ष र बलिदान, सही नीतिहरु हेरेर लोकतान्त्रिक विधिबाट जनताले बनाएको सरकार भएकोले जनताका विरोधको पनि स्वागत गर्ने बताएका हुन्।
सोही बैठकमा जनताको जनताको फ्रस्टेसनमा टेकेर वर्तमान सरकार नबनेको समेत उनले बताएका छन्।
‘एउटा ह्विममा, तत्कालीन सेन्टिमेन्ट टेकेर बनेको सरकार होइन’, उनले भने, ‘संघर्ष र बलिदान, सही नीतिहरु हेरेर लोकतान्त्रिक विधिबाट बनेको सरकारको हो।’
प्रधानमन्त्री ओलीले विरोधीहरुले सकारको लोकतान्त्रिक प्रतिवद्धताप्रति भ्रम फैलाएको आरोप पनि लगाए। ‘कहिलेकहिले यहाँ सरकारको लोकतन्त्रप्रतिको निष्ठाप्रति भ्रम फैलाउने काम भएको छ। यो हाम्रो विरोधीहरुले चलाउने हल्ला हो’, उनले भने।
लोकतन्त्रका लागि आफूहरुले कोहीभन्दा कम त्याग र बलिदान नगरेको उनले बताए।
प्रधानमन्त्री ओलीले कुनै नीतिगत र त्रुटीबाट गलत कामबाट, जनताको आलोचना व्यहोर्नुपर्ने अवस्था सिर्जना नगरेको दाबी गरे। ‘जनतामा निराशा पैदा गर्ने काम नगर्दा राम्रो हुन्छ’, उनले भने, ‘यो लोकतन्त्रप्रति प्रतिवद्ध छ। लोकतन्त्रलाई सुदृढ गर्ने बाटोभन्दा वरपर जान सक्दैन।’
त्यस्तै, प्रधानमन्त्री ओलीले हामीले लडेर ल्याएको लोकतन्त्र हामी आफैंले परिमार्जित र परिष्कृत ढंगले दुनियाँको उत्कृष्ट ढंगले अगाडि बढाउनुपर्ने बताए। उनले हामीले ल्याएको लोकतन्त्र वास्तवमै उत्कृष्ट छ।
‘हामीले निर्माणको गरेको संविधानबाट लाभ लिने अवस्था हामीले नै सिर्जना गर्नुपर्दछ’, उनले भने।
उनले अब आफूहरुको ध्यान सुशासन र विकासमा हाम्रो ध्यान केन्द्रित भएको बताए। ‘हामी सबैको साझा र राष्ट्रिय आकांक्षा नै सुखी नेपाली समृद्ध नेपाली हो’, उनले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस