चितवन- पत्रकार शलिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइएको छ।
बिहीबार नै पक्राउ गरिएका न्यूज २४ का सञ्चारकर्मी युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीलाई समेत अदालत उपस्थित गराइएको छ।
न्यायाधीश विनोदकुमार गौतमको इजालसमा पेश गरिएका उनलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिपाउँ भन्ने माग गरेको छ।
कानुनअनुसार आत्महत्यामा दुरुत्साहन अभियोगमा अदालतबाट अनुमति लिएर प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ।
रविको पक्षमा प्रदर्शन गर्ने ५ जना पक्राउ
संगीन आरोप लागेका रवि लामिछानेको पक्षमा केही जनमत देखिएको छ। उनका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय नजिकै प्रदर्शन गरेका छन्। प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले राजमार्ग बन्द गराउन खोज्ने र उच्छृंखल गतिविधिमा संलगन ५ जनालाई नियन्त्रणमा लिएको बताए।
‘पाँच जनालाई नियन्त्रणमा लिएका छौं। चितवनको अवस्थामा सामान्य छ’, एसपी मल्लले टेलिफोनमा भने।
पत्रकार पुडासैनीले मर्नुअघि आफ्नै मोबाइलमा रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि रवि लामिछाने पक्राउ गर्न प्रहरीलाई दवाब परेको थियो। डिजिटल ल्याबबाट भिडियोको वास्तविकता चेकजाँचको निष्कर्ष पाएसँगै प्रहरीले ३ जनालाई बिहीबार पक्राउ गरेको हो।
भिडियोमा पत्रकार पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले आत्महत्या गर्न विवश बनाएको उल्लेख गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस