काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर नजाने भएका छन् |
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले ट्वीट गर्दै त्यस्तो कुरा बताएका हुन् ।
प्रधानमन्त्री सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको कामको धपेडीका कारण थकित भएको र त्यसै कारण बिहीबारको सचिवालय बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको रिमालले बताएका छन् ।
प्रधानमन्त्री शुक्रबार बिहानैदेखि नियमित भेटघाट र बैठकमा सहभागी हुने रिमालले पनि बताएका छन् ।
प्रधानमन्त्री बिहीबार दिउँसो अस्वस्थ भएको खबर आएपछि साँझपख उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीको मिर्गौलामा क्रेटिनिनको मात्रा बढ्दै गएकाले सिंगापुर लैजाने तयारी भइरहेको समाचार बाहिरिएको थियो ।
उपचारमा संलग्न डा. अरुण सायमीको भनाइ उद्धृत गर्दै पुनः सिंगापुर लैजाने समाचार बाहिर आएको थियो । त्यसपछि रिमालले ट्विट मार्फत प्रतिक्रिया जनाउँदै ‘मिडियामा संप्रेषित अफवाहहरू निराधार’ भएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस