काठमाडौं – तत्काल पैसा नतिरे व्यवसायी चण्डीराज ढकालमाथि बैंकिङ कसुरको मुद्दा लाग्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चण्डीराजलाई बैंकिङ कसुुरको मुद्दा लगाउने भएको हो ।
‘चण्डीराजजीले वर्षौअघि लिएको ऋणको साँवा र ब्याज तिर्नु भएको छैन, केही दिनभित्रै हामी अन्तिम अवसर दिन्छौं, नभए ऋण असुलीको कानूनी प्रक्रिया अघि बढाउँछौं’ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने ।
सीईओ श्रेष्ठका अनुसार आगामी एक साताभित्र ढकाललाई बोलाएर अन्तिम अवसर दिने र उक्त अवसरमा पन ऋण चुक्ता नगरे बैंकले कानूनी प्रक्रिया अघि बढाउनेछ ।
‘दुई महिनादेखि चण्डीराजजी हाम्रो सम्पर्कमा आउनु भएको छैन, अब हामी पर्खेर बस्न सक्ने अवस्थामा छैनौं’ उनले भने, ‘२/४ दिनभित्रै ठोस निश्कर्ष नआए हामी कानूनी प्रक्रिया अबलम्बन गर्न बाध्य हुनेछौं किनभने हामीले उहाँलाई यसअघि पनि धेरै पटक अवसर प्रदान गरिसकेका छौं ।’
ढकालले वाणिज्य बैंकबाट १५ वर्षअघि ३१ करोड रुपैयाँ ऋण लिएका थिए । उनले अहिलेसम्म सावाँ ब्याज केही पनि तिरेका छैनन् । सावाँ र व्ययाज गरी ढकालले अहिले करिब डेढ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस