काठमाडाैं-नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा समानान्तर जिल्ला कार्यसमिति बनाउने पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको समूहलाई कारवाही गर्ने निर्णय गरेको छ ।
पार्टीको बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले पेश गरेको कार्यप्रगति प्रतिवेदनले तनहुँ जिल्लामा बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति नै आधिकारिक भएको जनाएको जनाएको छ ।
कार्यवाहक सभापति आले रहेको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र नेपाली कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमितिहरु रहेको स्पष्ट गर्दै आङ्दम्वेले कांग्रेसका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने बताएका छन् ।
‘आले नेतृत्ववाहेकको तनहुँ जिल्लामा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्र्टी अनुशासनको गम्भीर उल्लघंन र दण्डनीय कार्य भएकोले, पार्टीका कुनै पनि सदस्यहरु यस्तो भ्रममा नपर्न र पार्टीको आधिकारिक र वैधानिक निकायमा मात्र आवद्ध हुन अनुरोध गरिएको छ’, कांग्रेसको निर्णयमा भनिएको छ ।
कांग्रेसले तनहुँ जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित अन्य सरकारी, अर्धसरकारी तथा गैरसरकारी कार्यालय, संघ संस्थाहरुले पनि नेपाली कांग्रेसको आधिकारिक जिल्ला कार्यसमिति र मातहतका निकायसंग मात्र नेपाली कांग्रेससँगको दलगत सम्बन्ध कायम राख्न र गतिविधि गर्न जानकारी गराएको छ ।
पार्टीले अनुशासनको गम्भीर उल्लघंनको गतिविधिमा संलग्न पार्टीका सदस्य उपर पार्टीको विधान र नियमावली अनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरीसहितको फायल र सबै कागजात केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिएको छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मा बिदेशमा भएको बेला केन्द्रीय कार्यसमितिको बैठक ११ भदौसम्म स्थगित गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस